बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
एमाले सचिवालय बैठक

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुन नसक्ने एमालेको ठहर

शनिबार, २७ फागुन २०७९, ११ : ४८
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । नेकपा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या गरेको भन्दै त्यस्तो ब्याख्या संविधानको मर्मविपरित हुने जनाएको छ ।  शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले राष्ट्पतिमा खसआर्यबाट पुरुष राष्ट्पति भैसकेको अवस्थामा उपराष्ट्रपति उम्मेदवार महिला नै हुनुपर्ने एमालेको ठहर छ । 

बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा समेत छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन्  । बैठकपछि एमाले केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि

हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति पार्टी गम्भीर रहेको छ । त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ’, भनिएको छ । यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि महिला वा अन्यबाट मात्रै उपराष्ट्पतिमा उम्मेदवारी दिन मिल्ने बताएका थिए । प्रमुख आयुक्त थपलिया र एमालेको भाषा मिलेको छ ।

uml

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप