बेमौसमी हिमपातले किसान खुसी
मनाङ । बुधबार मनाङको चामेमा वर्षकै पहिलो हिमपात भयो । तर नासो गाउँपालिकामा भने अहिलेसम्म हिमपात भएको छ। फागुन अन्तिमतिर मनाङमा प्रायः हिउँ पर्दैन ।
गत असोजमै माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको माथिल्लो क्षेत्रमा परेको हिउँ जम्न पनि पाएन ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेका अनुसार यो सिजनमा सदरमुकाम चामेमा पहिलोपटक बुधवार हिमपात भयो । ‘विगतमा हिउँ परेर सडक नै अवरुद्ध भएर वारपार गर्न सकिँदैनथ्यो भन्ने सुनिन्थ्यो ।
यस वर्ष पुस माघमा हिउँ परेन । अहिले परेको हिउँ पनि सबै बिलायो,’ उनले भने । उनका अनुसार चामे गाउँपालिका–१ तिमाङ सम्ममात्रै हिमपात भयो । नासों गाउँपालिकाको मानववस्तीमा यस वर्ष हिमपात भएन । ‘अहिले चिसो कम हुँदै र तापक्रम बढ्दै गएर पनि होला । हिउँ जमेको छैन । जमिनमा भने सिँचाइ भयो’ उनले भने । बेमौसमी हिमपातले किसान भने खुसी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण