शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
उपराष्ट्रपति निर्वाचन

जसपाबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिने

शनिबार, २७ फागुन २०७९, १२ : ५९
शनिबार, २७ फागुन २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउने भएकी छन् । जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी पर्नेछ ।

प्रमिला यादवको बारेमा पार्टीले कुनै औपचारिक निर्णय भने गरेको छैन । प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘यसअघि रामसहाय यादवको बारेमा निर्णय भइसकेको थियो त्यही भएर प्रमिला यादवको बारेमा थप निर्णय गर्नुपरेन । तर प्रमिला यादवले पनि उम्मेदवारी दिनुहुन्छ ।’

कोशी प्रदेश सुनसरीका प्रमिला यादव राष्ट्रिय सभाकी सदस्य हुन् । उनी जसपाका राजनीतिक समितिका सदस्य पनि हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप