उपराष्ट्रपति निर्वाचन
जसपाबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिने
शनिबार, २७ फागुन २०७९, १२ : ५९
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट प्रमिला यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउने भएकी छन् । जसपाले यसअघि नै बारा २ बाट प्रतिनिधि सभा सदस्य जितेका रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमिलासँगै रासहाय यादवको पनि उम्मेदवारी पर्नेछ ।
प्रमिला यादवको बारेमा पार्टीले कुनै औपचारिक निर्णय भने गरेको छैन । प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भने, ‘यसअघि रामसहाय यादवको बारेमा निर्णय भइसकेको थियो त्यही भएर प्रमिला यादवको बारेमा थप निर्णय गर्नुपरेन । तर प्रमिला यादवले पनि उम्मेदवारी दिनुहुन्छ ।’
कोशी प्रदेश सुनसरीका प्रमिला यादव राष्ट्रिय सभाकी सदस्य हुन् । उनी जसपाका राजनीतिक समितिका सदस्य पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण