पार्टीको आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ : उम्मेदवार यादव
काठमाडौँ । जनता समाजवादी पार्टीको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले आफ्नो पार्टीको आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार थाहा हुने बताएकी छन् । शनिवार उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गरेसँगै उम्मेदवार कुमारीले जनता समाजवादी पार्टीको तर्फबाट दुई जनाको उम्मेदवारी परेको भन्दै आधिकारिक उम्मेदवार को हुने भन्ने आइतबार भोलि थाहा हुने जानकारी दिएकी हुन् । जसपाबाट रामसहाय यादवले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
उनले भनिन्, ‘मेरो उम्मेदवारी जित्नको लागि हो । प्रतिस्पर्धा गर्नुपर्यो । आधिकारिक उम्मेदवार भोलि थाहा हुन्छ । मेरो उम्मेदवारी चुनाव सम्मकै लागि गरेको हो । हामी दुवै जनाको इच्छा भयो त्यसैले दुई जनाको उम्मेदवारी पर्यो । पार्टीले अब निर्णय गर्छ । पार्टीको निर्णय म फलो गर्छु ।’ उनले उपराष्ट्रपतिको निर्वाचन आफूले जित्नेमा विश्वास व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण