शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पुरुषको उम्मेदवारीविरुद्ध सिके राउतले उजुरी दिने

शनिबार, २७ फागुन २०७९, १७ : ३४
शनिबार, २७ फागुन २०७९

काठमाडौँ  । उपराष्ट्रपतिको निर्वाचनमा पुरुषको उम्मेदवारी दर्ता गरेको भन्दै जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले त्यसविरुद्ध उजुरी दिने भएका छन् । निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुषको उम्मेदवारी दर्ता गराएको भन्दै अध्यक्ष राउतले आफ्नो ट्वीटरमार्फत त्यसप्रति खेदप्रकट गरेका हुन् ।

निर्वाचन आयोगले संविधानको धारा ३८(४) उद्धृत गर्दै हरेक हालतमा उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनु पर्ने अडान लिएको तर अहिले कुनै दबाब वा प्रभावमा आएर पुरुष उम्मेदवार दर्ता गरेको दाबी गर्दै अध्यक्ष राउतले आयोगको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा भएको र त्यस विरुद्ध उजुरी दिने चेतावनी दिएका छन् ।

जनता समाजवादी पार्टीले उपराष्ट्रपतिमा रामसहाय यादवलाई उम्मेदवारी दिन लगाएको छ । राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने कुरा आएपछि  जसपाले प्रमिला यादवलाई पनि उम्मेदवारी दिन लगाएको छ । तर आयोगले उपराष्ट्रपति महिला नै हुनुपर्छ भन्दा भन्दै पुरुषको उम्मेदवारी दर्ता गरेको भन्दै जनमत पार्टीका अध्यक्ष राउतले त्यसमा आपत्ति जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप