आठ गोलको थ्रिलरमा बायर्न विजयी
म्युनिख । आठ गोल भएको रोमाञ्चक खेलमा साबिक विजेता बायर्न म्युनिखले एफसी अग्सबर्गलाई हराउँदै शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ ।
शनिबार भएको खेलमा बार्यन ५–३ गोलले विजयी बन्यो । बोरुसिया डर्टमण्ड साल्केसँग २–२ को बराबरीमा राकिएपछि बायर्नले शीर्ष स्थानमा अग्रता बनाएको हो ।
मेरग्रिम बेरिसाले अग्सबर्गलाई खेलको दोस्रो मिनेटमा नै अग्रता दिलाएका थिए । तर जोआ क्यान्सेलो बायर्नका लागि पहिलो गोल गदै खेल बराबरी गरे । त्यसपछि बेन्जामिन पाभार्डले दुई गोल गर्दै बायर्नलाई अग्रता दिलाए । पहिलो हाफको अन्त्यमा लिरोय सानेले बायर्नका लागि चौथो गोल थपे ।
दोस्रो हाफमा बेरिसाले पेनाल्टीबाट गोल गर्दै अग्सबर्गलाई खेलमा फर्काउने प्रयास गरे पनि अल्फोन्सो डेभिसले बायर्नका लागि पाँचौँ गोल गरे । खेलको इन्जुरी समयमा इर्भिन कार्डोनाले अग्सबर्गका लागि तेस्रो गोल थपे । २४ खेलबाट बायर्नको ५२ अंक रहेको छ भने डर्टमण्डको ५० अंक रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण