शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने म्याद थप

आइतबार, २८ फागुन २०७९, १० : ३२
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने समय थप गरेर अभियानलाई निरन्तरता दिएको छ  ।

यसअघि फागुन २५ गतेसम्म हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने समय सीमा तोकिएको भए पनि मन्त्रालयले पाँच दिन थप गरेर फागुन ३० गतेसम्मलाई निरन्तरता दिएको हो । 

कर्णाली प्रदेशबाहेक मुलुकका  १५  जिल्लामा गत फागुन  ११  गतेदेखि  २५  गतेसम्म  हात्तीपाइलेविरुद्ध   औषधि   खुवाउने   अभियान सञ्चालन भइरहेको थियो । 

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार अब १५ जिल्लमा फागुन ३० गतेसम्म हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने छ । 

जसअनुसार कोशी प्रदेशको झापा र मोरङ, मधेस प्रदेशको महोत्तरी, रौतहट, बारा, धनुषा, सर्लाही, बाग्मती प्रदेशको रसुवा, गण्डकी प्रदेशको पर्वत, बागलुङ, लमजुङ, लुम्बिनी प्रदेशको  बाँके, कपिलवस्तु र दाङ,  सुदूरपश्चिम प्रदेशको कैलालीमा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान जारी छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि वडा कार्यालय, स्वास्थ्य  संस्था, सामुदायिक  भवन,  विद्यालय, धार्मिक स्थललगायतमा केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा खुवाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप