अमेरिकी बैंक बन्द भएपछि इजरायलका प्रधानमन्त्रीले भने, ‘प्राविधिक जगतमा गहिरो सङ्कट’
इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले अमेरिकामा सिलिकन भ्याली बन्द भए कारण प्राविधिक जगतमा ‘गहिरो सङ्कट’ पैदा भएको बताएका छन् ।
अमेरिकी इतिहासमा दोस्रो पटक कुनै बैङ्कमा यसरी ताल्चा लगाइएको हो । यसमा इजरायलका प्रधानमन्त्रीले आफूले स्थितिमाथि नजिकबाट निगरानी गरिरहेको बताए ।
नेतन्याहुले अमेरिकी बैङ्क बन्द भएपछि इजरायलको प्राविधिक जगतका शीर्ष व्यक्तिहरूसँग सम्पर्कमा रहेको पनि बताए ।
उनले आवश्यक पर्दा सरकारले त्यस्ता इजरायली कम्पनी, जसको गतिविधिको केन्द्र इजरायल हो र यस उथलपुथलका कारण नगद प्रवाहको सङ्कट पैदा भएकालाई सहयोग गर्ने बताएका छन् ।
यद्यपि उनले इजरायलको अर्थतन्त्र बलियो र स्थिर रहेको पनि बताए ।
नेतान्याहु अहिले औपचारिक भ्रमणमा रोममा छन् । उनले स्वदेश फर्किएपछि अर्थमन्त्री, आर्थिक मामिलाका सल्लाहकार, केन्द्रीय बैङ्कका गभर्नरसँग बसेर सङ्कटको गम्भीरताबारे छलफल गर्ने बताए ।
सिलिकन भ्याली बैङ्क बन्द भएपछि प्रविधिको दुनियाँमा त्रासको वातावरण सिर्जना भएको छ । यस बैङ्कको बेलायत, इजरायल लगायत अन्य धेरै देशहरूमा पनि शाखाहरू रहेका छन् ।
अमेरिकी नियामकहरूले शुक्रवार आर्थिक सङ्कट सामना गरिरहेको यो लगानी बैङ्क बन्द गर्ने घोषणा गरेका थिए ।
हाल यस बैङ्कको रिसिभरको रूपमा युएस फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसी) नियुक्त गरिएको छ, जसले थप काम गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण