आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले प्रमुख सचेतकमा गिरी मनोनीत

आइतबार, २८ फागुन २०७९, २२ : ५५
आइतबार, २८ फागुन २०७९

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकमा पदम गिरीलाई मनोनीत गरेका छन् ।

एमालेले निर्वाचन सम्पन्न भएको झण्डै चार महिनामा प्रमुख सचेतक मनोनीत गरेको हो ।

एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीले गिरीलाई आइतबार प्रमुख सचेतकमा मनोनीत गरेको पत्र दिएका हुन् ।

पर्वतबाट निर्वाचित गिरी प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बनेका थिए । एमालेले संसदीय दलको उपनेता भने अझैसम्म कसैलाई तोकेको छैन ।

यस्तै एमालेले महेश वर्तौलालाई सचेतकमा नियुक्त गरेको छ । उनी मकवानपुरबाट निर्वाचित सांसद हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप