शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
ब्याजदर हामीलाई चर्को भो, गरिखान गाह्रो भो ! (फोटोफिचर)
फोटोफिचर

ब्याजदर हामीलाई चर्को भो, गरिखान गाह्रो भो ! (फोटोफिचर)

आइतबार, २८ फागुन २०७९

काठमाडौँ । बैंकको चर्को ब्याजदरको विरोध गर्दै देशभरका व्यावसायिक छाता संगठनहरु संयुक्त रुपमा आन्दोलनमा होमिएका छन् । देशभरका ९ वटा महासंघ र ५९ वटा वस्तुगत र जिल्लानगर संघले संयुक्तरुपमा आजदेखि आन्दोलनको घोषणा गरेका हुन् ।

देशभरबाट जम्मा भएका विभिन्न व्यावसायिक संगठनमा आबद्ध उद्योगी व्यवसायीहरूले माइतीघरमा प्रदर्शन तथा नाराबाजी समेत गरेका छन् । उनीहरूले बैंक ब्याजदर चर्को भएको, चर्को ब्याजदरका कारणले व्यवसाय गर्न नसकेको लगायतका नारा लगाएका थिए ।

बैंक तथा वित्तीय संस्था संघर्ष समितिका संयोजक नरेश कुटवालले हाल देशभरका ९ वटा व्यावसायिक महासंघ र ५९ वटा संघ आन्दोलनमा उत्रिएको बताए । सुरुमा थोरै व्यावसायिक संघले सुरु गरेको आन्दोलनमा दिनदिनै व्यवसायीहरूको ऐक्यबद्धता बढ्दो अवस्थामा रहेको कटुवालले बताए ।

आन्दोलनका लागि सडकमा उत्रिएका व्यवसायीहरूले हातमा ‘बैंक हामीलाई प्यारो छ, ब्याज वृद्धिले गाह्रो भो’, ‘चालू पुँजी कर्जा मार्गदर्शन स्थगन गर’, प्रिमियम दर वृद्धि नियन्त्रण गर’ लगायतका प्लेकार्ड बोकेका थिए । यस्तै, ‘मौद्रिक नीति परिमार्जन गर’ र ‘बैंकिङ आतङ्क बन्द गर’ लगायतका प्ले कार्ड समेत बोकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया