पेट्रोलियम पदार्थको कारोबारी आयल निगमले नै किन्यो विद्युतीय सवारी
काठमाडौँ । नेपालमा पेट्रोलियम पदार्थको आयात र बिक्रीको एकलौटी अधिकार पाएको नेपाल आयल निगमले नै विद्युतीय सवारी किनेको छ । निगमले चिनियाँ कम्पनीले निर्माण गरेको विद्युतीय सवारी वीवाईडी खरिद गरेको हो ।
निगमका प्रवक्ता विनितमणी उपाध्याय अनुसार निगमले आह्वान गरेको बोलपत्रअनुसार तीन वटा कम्पनीको बीड परेको थियो । त्यसमध्ये सबैभन्दा न्यून मूल्यमा परेको बीडअनुसार वीवाईडीको विद्युतीय कार किनेको उपाध्यायले बताए ।
सम्झौताअनुसार वीवाईडीले आज निगमलाई ३ वटा सवारी हस्तान्तरण गरेको छ । निगमले महँगो पेट्रोलियम पदार्थको खपत घटाउने लक्ष्यसहित विद्युतीय सवारी किनेको हो । महँगो मूल्यमा खरिद गरेर ल्याएको पेट्रोलियम पदार्थको खपत घटाउने योजना चालू आर्थिक वर्षको बजेटमै समेटिएपेट्रोलियम पदार्थको कारोबारी आयल निगमले नै किन्यो विद्युतीय सवारीको छ ।
निगमले प्रति युनिट ५९ लाख रुपैयाँमा वीवाईडीका सवारी खरिद गरेको उपाध्यायले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण