बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचन : लुम्बिनी प्रदेशका केही क्याम्पसमा विवाद

आइतबार, २८ फागुन २०७९, २२ : २०
आइतबार, २८ फागुन २०७९

बुटवल । लुम्बिनी प्रदेशका अधिकांश कलेजमा स्ववियु निर्वाचनको माहोल तातेको छ । विद्यार्थीहरू उम्मेदवारी दर्तासँगै आ–आफ्नो ढङ्गबाट चुनावी गतिविधिमा अगाडि बढेका छन् । केहीमा तालमेल भएको छ । केही क्याम्पसमा भने विभिन्न कारणले उम्मेदवारी दर्ता हुन सकेको छैन ।

उम्मेदवारी दर्ता भएका केही क्याम्पसमा पनि विवाद देखिएको छ । खासगरी रुपन्देहीमा ४ वटा क्याम्पसमा विवाद देखिएको छ । रुपन्देहीमा स्ववियुको निर्वाचन हुने ११ क्याम्पसमध्ये ८ वटामा शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता भएको थियो ।

लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतमबद्ध क्याम्पस, राममणि बहुमुखी क्याम्पसमा उम्मेदवारी दर्ता भएको छैन ।  यस्तै भैरहवा बहुमुखी क्याम्पसमा आइतबार दिउँसो तालाबन्दी गरिएको छ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघ (लोविसंघ) ले भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यालयमा तालाबन्दी गरेको हो ।

lllllll

क्याम्पस प्रशासनसँग भएको केही नाम, ठेगाना, मोबाइल नम्बर गोप्य रूपमा सार्वजनिक गरिएको र केही विद्यार्थीलाई फर्जी रूपमा भर्ना गरिएकाले आइतबार तालाबन्दी गरिएको नेविसंघ भैरहवा बहुमुखी क्याम्पस इकाई समितिका सभापति नवराज अर्यालले बताए ।

यस्तै बुटवलमा रहेको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा पनि विवाद छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थी संगठन दर्तादेखि नै विवादमा आएको सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा फेरि अर्को विवाद थपिएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै क्याम्पसमा क्रियाशील ४ विद्यार्थी संगठनले नक्कली विद्यार्थी भर्ना सच्याउन र निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।

eeeeeeeeeeeeeeeeeeeeeeeee

यस्तै बुटवल बहुमुखी क्याम्पस, पक्लिहवा कृषि क्याम्पस, देवदह आदर्श बहुमुखी क्याम्पस, सहिद नारायण पोखरेल रामपुर क्याम्पस, हरैया बहुमुखी क्याम्पस, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस र सरस्वती संस्कृति क्याम्पसमा भने स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै विद्यार्थीहरू चुनाव प्रचार अभियानमा सक्रिय भएका छन् । यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु लगायत  जिल्लामा रहेका क्याम्पसमा पनि चुनावी माहोल तातेको छ ।

त्रिभुवन विश्वविद्यालयको निर्देशिका अनुसार फागुन ४ गतेसम्म भर्ना भएकाले मात्रै मतदान गर्न पाउने छन् । केही क्याम्पसमा भने समय सकिएपछि पनि भर्ना गरेर फर्जी विद्यार्थीलाई मतदाता बनाएको आरोप लगाउँदै विरोध भएको हो ।

333333333333333

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप