कासेमिरोले रातो कार्ड पाउँदा रोकियो युनाइटेड
सोमबार, २९ फागुन २०७९, १६ : २९
लण्डन । १० खेलाडीमा सीमित म्यानचेस्टर युनाइटेड आफ्नो घरेलु मैदानमा पुछारमा रहेको साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ । ब्राजिलियन मिडफिल्डर कासेमिरोले खेलको ३४ औँ मिनेटमा रातो कार्ड पाएका थिए ।
कार्लोस आल्भारेसलाई फल हानेपछि कासेमिरोलाई सुरुमा पहेँलो कार्ड देखाइएको थियो । पछि भिडियो एसिस्टेन्टको रिभ्यू पछि उनलाई रातो कार्ड देखाइयो । उनले अब ४ खेलमा प्रतिबन्धको सामना गर्नुपर्नेछ । कासेमिरोले गत महिना क्रिस्टल प्यालेसविरुद्धको खेलमा पनि रातो कार्ड पाएका थिए ।
प्रशिक्षक टेन हागले यस निर्णयविरुद्ध अपिल गर्न सक्ने बताएका छन् । प्रिमियर लिग आउन अघि ५ सय खेल खेल्दा पनि रातो कार्ड नखाएका कासेमिरोले प्रिमियर लिगमा दुई पटक रातो कार्ड पाएकोमा उनले आश्चर्य जनाएका छन् । बराबरीपछि पनि युनाइटेड लिगको तेस्रो स्थानमा कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण