म्यानमार : सेनाले ३० जनाभन्दा बढीको नरसंहार गरेको आरोप
सोमबार, २९ फागुन २०७९, १३ : १३
म्यानमारको सैन्य सरकारविरुद्ध लडिरहेको एउटा सशस्त्र समूहले सेनाले ३० जनाभन्दा बढीको हत्या गरेको जनाएको छ । देशको दक्षिणी भागमा रहेको शान प्रान्तमा रहेको एक बौद्ध विहारमा यी मानिसहरू शरण लिइरहेका थिए ।
जुन ठाउँमा यो घटना घटेको हो, त्यो क्षेत्र शान प्रान्तको राजधानी नेपिताव र छिमेकी देश थाइल्यान्डको सिमानाको बीचमा पर्छ ।
दुई वर्षअघि म्यानमारमा निर्वाचित सरकारलाई ध्वस्त पारेर सेनाले देशको कमान्ड हातमा लिएपछि यो क्षेत्र चरम द्वन्द्वको साक्षी बनिरहेको छ ।
सशस्त्र गुट कारेन्नी नेशनलिटिज डिफेन्स फोर्सको तर्फबाट जारी गरिएको भिडियोमा नाम निन गाउँको बौद्ध मठको अगाडि कम्तीमा २० वटा शव देख्न सकिन्छ ।
यीमध्ये केही शवहरूमा भगवा लुगाहरू छन् जुन परम्परागत रूपमा बौद्ध भिक्षुहरूले लगाउने गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण