दुई जीत निकालेर नेपाली यु–२० महिला टोली स्वदेश फर्कियो
मङ्गलबार, ३० फागुन २०७९, ०९ : २७
काठमाडौँ । एएफसी यु–२० महिला नेपाली टोली आज स्वदेश फर्किएको छ ।
एसियन कप छनोटको दोस्रो चरणमा स्थान पक्का गरेको नेपाली टोली आज राति २ बजे स्वदेश फर्किएको हो । टोलीलाई अखिल नेपाल फुटबल (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए ।
समूह बी मा रहेको नेपाल दुई खेलमा शतप्रतिशत नतिजाका साथ शीर्ष स्थानमा रहेर दोस्रो चरण प्रवेश गरेको छ । नेपालले पहिलो खेलमा प्यालेस्टाइन र दोस्रो खेलमा नर्दन मारियाना आइसल्यान्डमाथि समान ६–० को जित निकाल्दै स्वदेश फर्किएको हो ।
युएईले नाम फिर्ता लिएपछि समूह बी मा नेपाल, प्यालेस्टाइन र नर्दन मारियाना आइसल्यान्ड मात्र प्रतिस्पर्धामा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण