स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयविरुद्ध उच्च अदालतमा रिट दायर
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित गराइएको भन्दै मध्यपश्चिम विश्वविद्यालयलगायत पाँच वटा कार्यालविरुद्ध उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ । विश्वविद्यालय अन्तर्गतकै ‘स्कुल अफ मेनेजमेन्ट’ (मोसुम)मा अध्ययनरत ३ जना विद्यार्थीले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका हुन् ।
मंगलबार उनीहरुले मध्यपश्चिम विश्वविद्यालय, स्कुल अफ मेनेजमेन्ट (मुसोम), स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति र केन्द्रीय विभागको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अधिकृतको कार्यालयलगायत पाँच वटा कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका छन् ।
रिट दायर गर्नेमा मोसुममा अध्ययनरत विद्यार्थी भुवन बुढा, सुदिप महतारा र खेमु शाही रहेका छन् । मोसुममा करिब ४०० विद्यार्थीहरु अध्ययनरत छन् । मोसुममा अध्ययनरत विद्यार्थीको मतदान गर्न पाउने अधिकारलाई कुण्ठित गर्न खोजिएको उनीहरुको आरोप छ । उनीहरुले अन्तरिम आदेशसहितको उत्प्रेषणयुक्त परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भनेर रिट निवेदन दायर गरेका हुन् । मध्यपश्चिम विश्वविद्यालयमा चैत्र ३ गते स्ववियु निर्वाचन हुँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण