ओली भन्छन्–१० दलका नेताको मानसिकता डरलाग्दो छ
मङ्गलबार, ३० फागुन २०७९, १७ : ३४
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दश दलका नेताको मानसिकता डरलाग्दो भएको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओली मंगलबार शाक्यलाई जिताउन आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘१० दलका गठबन्धनका नेताहरूको जुन खालको मानसिकता देखिन्छ त्यो डरलाग्दो छ । यो प्रतिगामी छ । प्रतिगामी भनेको पछाडि फर्कने हो ।’ उनले दश दलले देशलाई दक्षिणपन्थतर्फ धकेल्न लागेको समेत बताए ।
उनले सर्वोच्च र सम्मानित ठाउँमा एउटा महिला र अर्को पुरुष हुनुपर्ने संविधानको मर्म रहेको भन्दै त्यही भएर एमालेले पहिलो महिला राष्ट्रपति एमालेले नै बनाएको बताए ।
ओलीले उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष एकै व्यक्ति हुनसक्ने अवस्थाबारे समेत छलफल भइरहेको र संविधान संशोधनका बेला त्यो कुरा राखिने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी खानुस् चिया सिड
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
संसद्ले लोकतान्त्रिक बाटो बिराउँदैछ : सांसद कार्की
-
मानवअधिकार आयोग पुगे भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण