बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओली भन्छन्–१० दलका नेताको मानसिकता डरलाग्दो छ

मङ्गलबार, ३० फागुन २०७९, १७ : ३४
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दश दलका नेताको मानसिकता डरलाग्दो भएको टिप्पणी गरेका छन् । 

अध्यक्ष ओली मंगलबार शाक्यलाई जिताउन आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘१० दलका गठबन्धनका नेताहरूको जुन खालको मानसिकता देखिन्छ त्यो डरलाग्दो छ । यो प्रतिगामी छ । प्रतिगामी भनेको पछाडि फर्कने हो ।’ उनले दश दलले देशलाई दक्षिणपन्थतर्फ धकेल्न लागेको समेत बताए ।  

उनले सर्वोच्च र सम्मानित ठाउँमा एउटा महिला र अर्को पुरुष हुनुपर्ने संविधानको मर्म रहेको भन्दै त्यही भएर एमालेले पहिलो महिला राष्ट्रपति एमालेले नै बनाएको बताए । 

ओलीले उपराष्ट्रपति र राष्ट्रिय सभा अध्यक्ष एकै व्यक्ति हुनसक्ने अवस्थाबारे समेत छलफल भइरहेको र संविधान संशोधनका बेला त्यो कुरा राखिने समेत बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप