पत्रकार बगाले एनआरएनए युएईद्वारा सम्मानित
मङ्गलबार, ३० फागुन २०७९, १७ : ४८
पत्रकार रामजी बगाले युएईमा सम्मानित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाल एसोसियसनबीचको एकतापछि भएको दुबै संस्थाको संयुक्त वार्षिक भेलामा बगाले सम्मानित भएका हुन् ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली दूतावास युएईका कार्यवाहक राजदूत विशाल भट्टराई, एनआरएनए मध्यपूर्व संयोजक मनोज गोर्खाली, एनआरएनए युएईका प्रमुख संरक्षक रमेश श्रेष्ठ, एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुङ्गानाले प्रमाणपत्र र ट्रफीले सम्मान गरे ।
बगालेले बिगत १५ वर्ष देखि जनसवाल राष्ट्रिय दैनिकमार्फत गैरआवासीय नेपाली र वैदेशिक रोजगारका विषयलाई प्रमुखताका साथ स्थान दिँदै आएका छन् । उनी सोही दैनिकका सम्पादक तथा अध्यक्ष हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण