शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

मङ्गलबार, ३० फागुन २०७९, १८ : ०९
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बस्न लागेका महामन्त्री गगन थापाले रातोपाटीलाई बताए । उनका अनुसार बैठकमा उप–राष्ट्रपतिको चुनाव केन्द्रित हुने छ । 

चैत ३ गते हुने उप–राष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहायप्रसाद यादव र जनमतबाट ममता झा उम्मेदवार छन् । जसपाका उम्मेदवार यादवलाई कांग्रेस, माओवादी र एकीकृतको पनि समर्थन छ  । 

गठबन्धन सम्बद्ध लोसपा र नाउपाले जनमतकी उम्मेदवार झालाई समर्थन गरेको अवस्था छ । कांग्रेसको बैठकमा भोलि सरकार पुनर्गठन र मन्त्रीको विषयमा छलफल हुने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप