शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
राजनीति

राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा चालिसे  र निजी सचिवमा अधिकारी नियुक्त

मङ्गलबार, ३० फागुन २०७९, १९ : ०६
मङ्गलबार, ३० फागुन २०७९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख स्वकीय सचिवमा डा सुरेश चालिसे  र निजी सचिवमा चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले मंगलबार चालिसेलाई प्रमुख स्वकीय सचिवमा र अधिकारीलाई निजी सचिवमा नियुक्त गरेका हुन् । 

पूर्व राजदूत समेत रहेका चालिसेले आफू राष्ट्रपतिको प्रमुख स्वकीय सचिवमा नियुक्त भएको जानकारी गराए । राष्ट्रपतिको पदभार ग्रहण गरेको दोस्रो दिन पौडेलले दुई जना नियुक्त गरेका छन् । यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबार शपथ ग्रहण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप