सिराहा छुवाछुत घटना : मानव अधिकार आयोगद्वारा सोधपुछ सुरु
सिराहा । सिराहाको भगवानपुर गाउँपालिकामा दलित समुदायलाई छुवाछुत गरिएको घटनाको स्थलगत छानबिन गर्न आएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीले अनुसन्धान सुरु गरेको छ ।
गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादवको आमाको शुद्धि भोजमा छुवाछुत भएको घटना सार्वजनिक भए पछि अनुसन्धान गर्न आएको टोलीले अनुसन्धान सुरु गरेको हो । मधेस प्रदेशको राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयकी अधिकृत मञ्जु खतिवडाको नेतृत्वमा स्थलगत छानबिन गर्न टोली सिराहा आएको छ ।
आयोगको टोलीले पहिलो चरणमा सिराहाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा र जिल्लाका प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बुसँग सोधपुछ गर्नेछ भने दोस्रो चरणमा भोज स्थलमा गएर पीडित दलितहरूसँग सोधपुछ गरी घटनाबारे सत्य तथ्य सङ्कलन गर्नेछ ।
खतिवडाका अनुसार जिल्लामा रहेका दलित तथा मानव अधिकारकर्मी र अन्य देखि जान्ने व्यक्तिहरूसँग पनि सत्य तथ्य बुझ्ने कार्य हुनेछ भने भोजमा पोस्टर झुन्ड्याएर र माइकिङ गरेको जान्दाजान्दै भोज खाने जनप्रतिनिधि र प्रशासन प्रमुखहरूसँग समेत सोधपुछ गरिनेछ।
मानव अधिकार हैनन् गर्नेहरूको नाम तोक्ने, कसुरको मात्रा निर्क्योल गर्ने, लज्जित गर्ने र दण्डनीय कारबाहीको गरिने अधिकृत खतिवडाले बताइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण