सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
अर्थ

बैंक ब्याजदरविरुद्ध आन्दोलनरत व्यवसायी दुई समूहमा विभाजित

बुधबार, ०१ चैत २०७९, १६ : ०७
बुधबार, ०१ चैत २०७९

काठमाडौँ । बैंकविरुद्ध आन्दोलन गरिरहेका व्यवसायीक समूह विभाजित बनेका छन् । बैंकले चर्को ब्याजदर लिएको विरोधमा सडक आन्दोलनमा उत्रिएका व्यवसायी दुई समूहमा विभाजित बनेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको मंगलबार साँझ सम्पन्न छलफलपछि आन्दोलन स्थगित भएको बताइएको थियो । उक्त छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठले आन्दोलन स्थगित भएको बताएका थिए ।

श्रेष्ठले ब्याजदर वृद्धिको विषयलाई सरकारले सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन पाएपछि आन्दोलन रोकिएको बताएका थिए । तर, बैंक तथा वित्तीय संस्था समस्या संघर्ष समितिका संयोजक समेत रहेका नरेश कटुवालले आन्दोलन स्थगित नभएको बताएका छन् ।

कटुवालले रातोपाटीसँग कुरा गर्दै भने, ‘आन्दोलन रोकिएको छैन । हामी बैंक ब्याजदरविरुद्धको आन्दोलनमा छौं । नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध साथीहरूले आन्दोलन रोकिएको हल्ला फैलाए ।’ कटुवालले मोरङका केही प्रतिनिधि लिएर महासंघका उपाध्यक्षहरु प्रधानमन्त्रीसँग फोटो खिचेर आन्दोलन भाँड्ने प्रयास गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप