बैंक ब्याजदरविरुद्ध आन्दोलनरत व्यवसायी दुई समूहमा विभाजित
काठमाडौँ । बैंकविरुद्ध आन्दोलन गरिरहेका व्यवसायीक समूह विभाजित बनेका छन् । बैंकले चर्को ब्याजदर लिएको विरोधमा सडक आन्दोलनमा उत्रिएका व्यवसायी दुई समूहमा विभाजित बनेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको मंगलबार साँझ सम्पन्न छलफलपछि आन्दोलन स्थगित भएको बताइएको थियो । उक्त छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठले आन्दोलन स्थगित भएको बताएका थिए ।
श्रेष्ठले ब्याजदर वृद्धिको विषयलाई सरकारले सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन पाएपछि आन्दोलन रोकिएको बताएका थिए । तर, बैंक तथा वित्तीय संस्था समस्या संघर्ष समितिका संयोजक समेत रहेका नरेश कटुवालले आन्दोलन स्थगित नभएको बताएका छन् ।
कटुवालले रातोपाटीसँग कुरा गर्दै भने, ‘आन्दोलन रोकिएको छैन । हामी बैंक ब्याजदरविरुद्धको आन्दोलनमा छौं । नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध साथीहरूले आन्दोलन रोकिएको हल्ला फैलाए ।’ कटुवालले मोरङका केही प्रतिनिधि लिएर महासंघका उपाध्यक्षहरु प्रधानमन्त्रीसँग फोटो खिचेर आन्दोलन भाँड्ने प्रयास गरेको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण