म्यान्मामा भएको झडपमा २९ जनाको मृत्यु
म्यान्मा । म्यान्माको दक्षिणी शान राज्यको एक गुम्बामा तीन भिक्षुसहित कम्तीमा २९ जनाको मृत्यु भएको म्यान्मार नाउले जनाएको छ । स्थानीय विद्रोही समूह र सैनिकले एकअर्कामाथि गत शनिबार भएको नरसंहारको आरोप लगाएका छन् ।
आइतबार अनलाइनमा पोस्ट गरिएको तस्बिरमा गाउँको गुम्बाको प्रवेशद्वार नजिकै रगतले लतपतिएका थुप्रै शवहरू देखिएका छन्, जसमा तीन जना बौद्ध भिक्षुका पनि छन् । गुम्बाको अगाडिको भाग पनि गोलीका प्वालहरूले भरिएको देखिन्छ । ढिलोगरी सञ्चारमाध्यममा आएको यो सूचनाले सम्पूर्ण विश्व समुदायलाई स्तब्ध बनाएको छ ।
यसै महिनाको सुरुमा सागाइङ क्षेत्रको मिन्मु टाउनशिपमा जुन्टा सेनाले १७ जना गाउँलेको हत्या गरेको केही दिनपछि शनिबार नानेइन्ट गाउँमा पछिल्लो घटना भएको त्यहाँका विद्रोही स्रोतले जनाएको छ ।
म्यान्मार नाउले स्वतन्त्र रुपमा पुष्टि गरेको ‘क्यारेनी नेसनलिटीज डिफेन्स फोर्स (केएनडिएफ)’ ले सार्वजनिक गरेको तस्वीरमा मृतकको टाउको र शरीरका अन्य भागमा गोली लागेको स्पष्ट देखिन्छ । गुम्बाका भित्ताहरूमा तल भुईँमा रगतले लतपतिएका शवहरू पङ्क्तिबद्ध भएर लडेको देखिन्छ ।
केएनडिएफका प्रवक्ताका अनुसार अहिलेसम्म २२ जनाको शव निकालिएको छ भने अन्य सात जना अझै घटनास्थलमै रहेको अनुमान गरिएको छ । ’गुम्बाको पछाडि थप सात वटा शव छन्, जुन हामीले अहिलेसम्म सङ्कलन गर्न सकेका छैनौं,’ सुरक्षाको कारण देखाउँदै नाम नबताउने शर्तमा प्रवक्ताले भने ।
म्यान्मारमा सन् २०२१ मा सैन्य नेता मिन आङ ह्लाइङले सत्ता कब्जा गरेपछि राजनीतिक हिंसामा फसेको छ जसले पाँच करोड ५० लाख जनसङ्ख्या भएको दक्षिणपूर्वी एशियाली मुलुकको प्रजातान्त्रिक शासन व्यवस्थाप्रतिको आन्दोलन थप पछि धकेलिएको छ । (रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण