एनएमबि बैंकद्वारा क्रिकेट खेलाडीलाई पुरस्कारको घोषणा
काठमाडौं । एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमका १६ जनालाई सम्मान र हौसला स्वरुप जनही रु २१००० पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले खेलाडीहरु राष्ट्रका गौरव भएको भन्दै प्रोत्साहन गर्न लागिएको बताए ।
उनले भने, ‘खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगति हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँ।’
विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल बुधबार फाइनल म्याचमा युएईसँग भिड्दैछ । भोलीको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुने, जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरुसँग खेल्ने मौका पाउनेछ। सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोली हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– ‘मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन’
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण