शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालाजु घटना : सोह्रखुट्टेका डिएसपी बमलाई ‘सचेत’ गराउने निर्णय

डिएसपी विष्टको कारवाही प्रक्रियामा
बिहीबार, ०२ चैत २०७९, १२ : ०६
बिहीबार, ०२ चैत २०७९

काठमाडौँ । प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेशबहादुर बमलाई ‘सचेत’ गराउने निर्णय गरिएको छ । बालाजुको माछा पोखरीमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडपमा डिएसपी बमले कमजोरी गरेको छानबिन समितिको ठहर छ । डिआइजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिको सिफारिस अनुसार उपत्यका प्रहरी कार्यालयले उनलाई कारबाही गरेको हो ।

फागुन १ मा भएको प्रदर्शनमा माछा पोखरीमा जम्मा भएका प्रदर्शनकारीले प्रहरीको दुईवटा गाडी जलाएका थिए । माछापोखरी क्षेत्रमा खटिएका दुईजना डिएसपीको कमजोरीका कारण प्रहरीको गाडी जलेको छानबिन समितिको निष्कर्ष छ । समितिले प्रहरी वृत्त बालाजुमा कार्यरत डिएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेश बहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

डिएसपी रविन विष्टलाई कारबाही भैसकेको छैन । उपत्यका प्रहरी कार्यालयले विष्टलाई स्पष्टीकरण सोधेको छ । विष्टमाथिको कारबाही प्रक्रियामा रहेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई जानकारी दिए । प्रदर्शनमा आन्दोलनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए ।

घटनापछि उपत्यका प्रहरी कार्यालयले डिएसपी विष्टलाई बालाजुबाट हटाएर रानीपोखरीमा हाजिर गराएको थियो । घटना भएको दिन सोह्रखुट्टेका डिएसपी बम थप मद्दतको रूपमा बालाजुमा खटिएका थिए । डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको छानबिन समितिको ठहर छ । प्रदर्शन उग्र बनेपछि डिएसपी बम पनि घटनास्थलबाट हिँडेको छानबिन समितिको निष्कर्ष छ ।  

प्रदर्शनको समयमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप