बालाजु घटना : सोह्रखुट्टेका डिएसपी बमलाई ‘सचेत’ गराउने निर्णय
काठमाडौँ । प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेशबहादुर बमलाई ‘सचेत’ गराउने निर्णय गरिएको छ । बालाजुको माछा पोखरीमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडपमा डिएसपी बमले कमजोरी गरेको छानबिन समितिको ठहर छ । डिआइजी मसाउद आलम खाँ नेतृत्वको छानबिन समितिको सिफारिस अनुसार उपत्यका प्रहरी कार्यालयले उनलाई कारबाही गरेको हो ।
फागुन १ मा भएको प्रदर्शनमा माछा पोखरीमा जम्मा भएका प्रदर्शनकारीले प्रहरीको दुईवटा गाडी जलाएका थिए । माछापोखरी क्षेत्रमा खटिएका दुईजना डिएसपीको कमजोरीका कारण प्रहरीको गाडी जलेको छानबिन समितिको निष्कर्ष छ । समितिले प्रहरी वृत्त बालाजुमा कार्यरत डिएसपी रविन विष्ट र प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत डिएसपी गणेश बहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको थियो ।
डिएसपी रविन विष्टलाई कारबाही भैसकेको छैन । उपत्यका प्रहरी कार्यालयले विष्टलाई स्पष्टीकरण सोधेको छ । विष्टमाथिको कारबाही प्रक्रियामा रहेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई जानकारी दिए । प्रदर्शनमा आन्दोलनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए ।
घटनापछि उपत्यका प्रहरी कार्यालयले डिएसपी विष्टलाई बालाजुबाट हटाएर रानीपोखरीमा हाजिर गराएको थियो । घटना भएको दिन सोह्रखुट्टेका डिएसपी बम थप मद्दतको रूपमा बालाजुमा खटिएका थिए । डिएसपी रविन विष्ट गाडी छाडेर प्रदर्शन स्थलबाट भागेको छानबिन समितिको ठहर छ । प्रदर्शन उग्र बनेपछि डिएसपी बम पनि घटनास्थलबाट हिँडेको छानबिन समितिको निष्कर्ष छ ।
प्रदर्शनको समयमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण