शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भान्सामा पाइने यी पाँच चिज प्राकृतिक पेन किलर हुन्

बिहीबार, ०२ चैत २०७९, १७ : २१
बिहीबार, ०२ चैत २०७९

टाउको दुखाइ, ढाड दुखाइ र जोर्नी दुखाइ आजको भागदौडपूर्ण जीवनमा धेरै सामान्य छ । कसै–कसैको थोरै दुख्दा पनि तुरुन्तै पेनकिलर खाने बानी हुन्छ । तर के तपाईँलाई थाहा छ, यी औषधिहरूको अत्यधिक सेवन तपाईँको स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ । पेनकिलरको अत्यधिक प्रयोगले तपाईँको कलेजो, मिर्गौला र आन्द्रालाई गम्भीर क्षति पु¥याउन सक्छ । यसले पेटमा अल्सर हुने सम्भावना पनि बढाउँछ । तर यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ केहि प्राकृतिक तरिकाले दुखाइबाट राहत पाउन सक्नुहुन्छ । तीमध्ये केही त हाम्रो भान्सा कोठामा निकै सजिलै पाइने चिज हुन् । 

यस्ता चिज प्रयोग गरेर, तपाईँ कुनै साइड इफेक्ट बिना दुखाइबाट राहत पाउन सक्नुहुन्छ । भान्सामा पाइने त्यस्ता पाँच प्राकृतिक पेन किलरको बारेमा जानकारी लिऔँ । 

अदुवा

अदुवा औषधीय गुणले भरिपूर्ण मसला हो । अदुवामा दुखाइ कम गर्ने गुण हुन्छ, जसले पेट दुख्ने, टाउको दुख्ने र मांसपेशीको दुखाइबाट राहत दिन्छ । अदुवा घाँटी दुखाइ र इन्फेक्सन कम गर्न पनि धेरै उपयोगी छ । टाउको दुख्ने समस्या भएमा अदुवालाई पानीमा पिसेर पेस्ट बनाएर निधारमा लगाउन सक्नुहुन्छ । यसले तपाईँलाई दुखाइबाट छिट्टै राहत दिन्छ । महिनावारीको दुखाइबाट छुटकारा पाउन अदुवाको चिया सेवन गर्न सकिन्छ । घाँटी दुखेको अवस्थामा अदुवाको रसमा मह मिसाएर खानुहोस् ।

बेसार

बेसार औषधीय गुणले भरिपूर्ण हुन्छ । यसमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छन्, जसले दुखाइ र सुजन कम गर्न मद्दत गर्दछ । यसबाहेक बेसारमा एन्टिअक्सिडेन्ट, एन्टिसेप्टिक, एन्टिबायोटिक, एन्टी भाइरल र एन्टी फंगल गुण पनि हुन्छ । यसमा पाइने कर्क्युमिन कम्पाउन्डले दुखाइ निवारकको रूपमा काम गर्छ । घाउमा बेसारको पेस्ट लगाउनाले घाउ छिट्टै निको हुन्छ । दूधमा बेसार मिसाएर पिउनाले रुघाखोकी र अन्य धेरै रोगबाट बच्न सकिन्छ ।

पुदिना

पुदिना मांसपेशी दुखाइ र दाँत दुखाइ कम गर्न धेरै प्रभावकारी छ । पुदिनाको पातमा एन्टी–माइक्रोबियल, एन्टि–भाइरल र एन्टिअक्सिडेन्ट गुण हुन्छ, जसले धेरै रोगहरूबाट बच्न मद्दत गर्छ । पुदिनाको पातको सेवनले पेट दुख्ने र पाचन सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । टाउको दुखेको अवस्थामा पुदिनाको पातको चिया पिउनाले छिट्टै आराम मिल्छ ।

ल्वाङ

शताब्दीयौंदेखि दाँतको दुखाइ कम गर्न ल्वाङको प्रयोग हुँदै आएको छ । ल्वाङमा एन्टी इन्फ्लेमेटरी, एन्टी माइक्रोबियल र एन्टिअक्सिडेन्ट गुण हुन्छ । यसले दाँतको दुखाइ कम गर्न र मुखको सङ्क्रमण विरुद्ध लड्न मद्दत गर्दछ । दाँत दुखेको अवस्थामा, ल्वाङ चपाउनुहोस् वा प्रभावित क्षेत्रमा ल्वाङको तेल लगाउनुहोस् । यसले दाँतको दुखाइ र गिजाको सुजन कम गर्न मद्दत गर्नेछ ।

ज्वानो

पेट दुख्ने वा ग्यासको समस्याबाट छुटकारा पाउन ज्वानो निकै प्रभावकारी हुन्छ । ज्वानोमा एन्टिअक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुण हुन्छ, जसले दुखाइबाट छिट्टै राहत दिन्छ । यसबाहेक महिनावारीको समयमा हुने दुखाइ कम गर्न पनि ज्वानो निकै फाइदाजनक हुन्छ । पेट दुखेको अवस्थामा आधा चम्चा ज्वानोको दाना एक गिलास मनतातो पानीमा मिसाएर खानुहोस् । यसबाट छिट्टै राहत पाउन सकिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप