विश्वकप क्वालिफायरमा प्रवेश गरेकोमा प्रधानमन्त्री प्रचण्डले दिए नेपाली क्रिकेट टिमलाई बधाई
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी भएको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन् । बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा भएको युएईविरुद्धको खेलमा विजयी हुँदै विश्वकप क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टिमलाई बधाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएको हुन् ।
उनले लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा प्रधानमन्त्री प्रचण्डले बधाई दिएका छन् ।
उनले भनेका छन्,'आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टिम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई !'
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले युइएविरुद्ध डकवर्थ लुइस (डिएलएस) पद्धतिमा ९ रनले जित हात पारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण