निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै रास्वपाले स्थगित गर्यो बैठक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ । उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिन आज बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धारमा बैठक बस्ने तयारी गरिएको भए पनि आचारसंहितालाई मध्यनजर गर्दै बैठक स्थगित गरिएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
आज १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । जसपाका रामसहायप्रसाद यादव, एमालेकी अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा उपराष्ट्रपतिको प्रतिस्पर्धामा छन् । जसपाबाट उम्मेदवारी दिएकी प्रमीला कुमारी यादवले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् ।
रास्वपाले राष्ट्रपतिमा सत्ता गठबन्धनको उम्मेदवारलाई सहयोग गरेकोले उपराष्ट्रपतिमा पनि गठबन्धनकै उम्मेदवारलाई सघाउन सकारात्मक रहँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
-
सभापति लामिछानेमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार हो : मन्त्री अर्याल
-
गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान (तस्बिरहरू)
-
अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
-
चुनौतीका बिच पूर्वराजा शाहको क्यारिकेचर गरेका थिए प्रेमले
-
३३/११ केभी देवनगर सबस्टेसनको उद्घाटन