एन्फाको मनपरी, वरिष्ठ उपाध्यक्षलाई मासिक ९९ हजार तलब
काठमाडौँ । आखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी सबै पदहरू भोलेन्टियर हो । उनीहरू सबैले एन्फामा नेपाली फुटबलको विकासका लागि भनेर भोलेन्टियर पद सम्हालेका हुन् । तर, पछिल्लो समय एन्फाले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई मासिक तलब दिने निर्णय गरेको छ । एन्फा कार्यसमिति बैठकको गत फागुनमा बसेको बैठकले यो निर्णय गरेको हो ।
एन्फाको निर्णय नम्बर १३ को ‘च’ मा वरिष्ठ उपाध्यक्षले सहिद स्मारक ए, बी र सी डिभिजन लगायतको प्रतियोगितामा पूर्ण समय दिनुपर्ने भएकाले तलब दिने निर्णय गरेको छ । ‘संघको वरिष्ठ उपाध्यक्ष तथा प्रतियोगिता समितिको संयोजक वीर बहादुर खड्काले सहिद स्मारक ए, बी र सी डिभिजन लिग र प्रधानमन्त्री थ्री नेशन कप र महिला ओलम्पिक क्वालिफायरमा पूर्णकालीन समय दिनुपर्ने भएकाले फागुण १ गतेदेखि जेठ मसान्तसम्म मासिक रु ९९,००० (उनान्सय हजार मात्र) उपलब्ध गराउने निर्णय गरियो’, निर्णयमा भनिएको छ ।
जसअनुसार उनले फागुण १ गतेदेखि जेठ मसान्तसम्म मासिक रु ९९ हजारका दरले तलब पाउनेछन् । एन्फाको उक्त कार्यसमिति बैठकलाई ११ जना सदस्यहरूले बहिस्कार गरेको थिए । उनीहरुले आफ्ना एजेन्डाहरू समाहित नगरेको र जबरजस्ती बैठक अघि बढाएको भन्दै कार्यसमिति बैठक नै बहिस्कार गरेका थिए ।
उक्त निर्णय एन्फाको एजेन्डामा पनि सामेल थिएन । वरिष्ठ उपाध्यक्षलाई मासिक तलब दिनेदेखि सबै निर्णयहरू आफूहरूले सम्बोधन नगरेको एन्फाका एक सदस्यले बताए ।
उनले एन्फा अध्यक्षले अहिले आफूखुसी निर्णयहरू गर्ने गरेकोले त्यसलाई आफूहरूले नमान्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण