क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढायो : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद क्षेत्रलाई उपेक्षा गर्नु नहुने बताएका छन् । आईसीसी लिग टु मा तेस्रो स्थान प्राप्त गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रवार शीतल निवासमा बोलाएर बधाई दिँदै राष्ट्रपति पौडेलले सरकारले खेलकुदलाई उपेक्षित क्षेत्रमा राख्नु नहुने बताएका हुन् ।
उनले नेपाली क्रिकेट टिमले राष्ट्रको इज्जत र गौरवलाई बढाएको बताए । उनले नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको भन्दै देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्ने आवश्यकता औँल्याए ।
‘राष्ट्रको इज्जत र गौरवलाई बढाएर तपाईँहरू विश्वकपको यात्राका लागि जाँदै हुनुहुन्छ । मैले हिजो इन्ट्रेस्ट दिएर हेरेँ असाध्यै राम्रो खेल थियो’, उनले भने, ‘ दर्शकहरू पनि धेरै प्रफुल्ल हुनुहुन्थ्यो । पूर्वाधारको कमी रहेको छ । तर पनि यस्तो सफलता प्राप्त गर्नुभएको छ, यो ठुलो कुरा हो । यो क्षेत्रलाई पक्कै पनि राज्यले उपेक्षित क्षेत्रमा राख्नु हुँदैन । यसमा त विश्वका देशहरूसँग प्रतिस्पर्धा हुन्छ, देशको सान राख्न खेलकुद क्षेत्रको पूर्वाधार बढाउनुपर्छ, खेलाडीहरूको मनोबल बढाउन सरकारले लाग्नुपर्छ ।’
यसै गरी नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताए ।
उनले विश्वकप क्वालिफायरका छनोट हुनु भनेको नेपाली क्रिकेट एक तह माथि पुगेको रूपमा क्यानले लिएको बताए । उनले क्रिकेट सङ्घले गर्न सक्ने क्षमताले मात्रै नेपाली क्रिकेटर खेलाडीको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण