इजरायली सुरक्षा बलको कारबाहीमा ४ जना प्यालेस्टाइनीको मृत्यु, २३ घाइते
तेल अवीव । इजरायली सुरक्षा बलको कारबाहीमा वेस्ट बैंक क्षेत्रको जेनिनमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य २३ जना घाइते भएका छन् ।
सीएनएनले प्यालेस्टिनी प्राधिकरणको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै सो बारे जानकारी गराएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
इजरायली सुरक्षा बलले जानकारी गराएअनुसार 'प्यालेस्टिनी इस्लामिक जिहाद आतङ्कवादी सङ्गठनका दुई अपरेटिभहरूलाई निष्क्रिय पारेका छन् ।' कारबाहीका क्रममा सशस्त्र व्यक्तिहरूले सेनालाई गोली हानेको र त्यसको परिणाम स्वरूप हताहत भएको इजरायली सुरक्षा बलको दाबी छ ।
त्यसैगरी हमासले विज्ञप्ति जारी गर्दै जेनिनमा मारिएका दुई प्यालेस्टाइनी आफ्ना लडाकु भएको बताएको दाबी गर्दै हत्याको कडा शब्दमा निन्दा गरेको छ ।
यसैबीच प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले आतङ्कवादी र सर्वसाधारणसहित ८८ प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । (रासस-एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण