शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राज्य व्यवस्था परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण : प्रवक्ता महत

शनिबार, ०४ चैत २०७९, २२ : ५४
शनिबार, ०४ चैत २०७९

काभ्रे । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राज्य व्यवस्था परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नवौं जिल्ला अधिवेशनको उद्घघाटन गर्दै प्रवक्ता महतले लोकतन्त्र प्राप्ती र संरक्षणमा शिक्षकको योगदान, कर्तव्य र जिम्मेवारी विशिष्ठ भएको बताए।

उनले देशको शैक्षिक स्थिति परिवर्तन गर्नुपर्ने बेला आएको बताए । विद्यालय शिक्षालाई अझै गुणस्तरीय बनाउन योगदान गर्न शिक्षकहरुलाई उनले अनुरोध गरे । सरकारले संघीय शिक्षा ऐन बनेपछी देशको शैक्षिक गुणस्तर सुधार गर्न थप सहज हुने उनको भनाई छ । प्रतिनिधिसभा सदस्य समेत रहेका उनले संघीय शिक्षा ऐन तदारुकताका अघि बढाउन आफू र पार्टीको तर्फबाट प्रतिवद्धता व्यक्त गरे ।

प्रदेशसभा सदस्य समेत रहेका नेपाली कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले संघीय शिक्षा ऐन बनाउनको लागि पार्टी र आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए । उनले प्रदेशसभाले पनि त्यसमा काम गर्ने र सोको लागि आवश्यक कदम चाल्न पहल गर्ने बताए ।

कार्यक्रममा शिक्षक संघ काभ्रेको संगठनमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने दुर्गानाथ शास्त्री, नारायण तिमल्सिना र आश्विनप्रसाद चौलागाईलाई सम्मान गरिएको थियो । अधिवेशनले नेपाल शिक्षक संघ काभ्रेको सर्वसम्मत रुपमा नयाँ नेतृत्वसमेत चयन गरेको छ । अधिवेशनबाट शम्भुप्रसाद घिमिरेको अध्यक्षतामा कार्यसमिति, संघीय र प्रदेश प्रतिनिधी समेत सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्ष (महिला) मा रुपा थापा, उपाध्यक्षमा प्रेमकृष्ण श्रेष्ठ, सचिवमा दिलकुमार मोक्तान, सचिव (अर्थ) मा सिताराम लामा, सहसचिव (महिला) मा फुलकुमारी लामा, सहसचिवमा मेघनाथ तिमल्सिना, सहसचिव (अर्थ) मा महेश्वरी थापा, सहसचिव (समावेशी) मा रामप्रसाद चौलागाई र नवराज लामा निर्विरोध चयन भएका छन् ।

सदस्यमा दिनानाथ ढुंगाना, पञ्चसिं लामा, मायादेवी श्रेष्ठ, भीमलाल लामा, दुर्गा गौतम, सिता कँडेल,पुर्णदास श्रेष्ठ निर्विरोध भए । संघीय प्रतिनिधीमा राजेशराज महत, किशोर अधिकारी, राजकुमार आचार्य, हिराबहादुर लामा, गोविन्द शर्मा,  सानुमैया कट्टेल, विश्वतारा तिमल्सिना र प्रदेश प्रतिनिधिमा ध्रुवप्रसाद चौलागाई, पशुपति सिलवाल, रुपेश लामा, रामबहादुर घ्यावा, प्रतिभा खतिवडा, शिवप्रसाद ढुंगाना, हरिप्रिया रेग्मी र सम्झना पाण्डे रहेका छन् । निर्वाचन समितिका संयोजक ध्रुवप्रसाद भट्टराईले उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप