इक्वेडरमा शक्तिशाली भूकम्प, दर्जनौँ मानिसको मृत्यु
आइतबार, ०५ चैत २०७९, ०८ : ५०
काठमाडौँ । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा ६ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ ।
इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब एक दर्जन मानिसको मृत्यु भएको जनाइएको छ ।
भूकम्पबाट भौतिक संरचनामा व्यापक रूपमा क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
बालाओ सहर नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको र भूकम्प जमिनको सतह भन्दा १० किलोमिटर तल रहेको जनाइएको छ ।
भूकम्पले सडक भत्किएका कारण सवारी साधन रोकिएका छन् भने घरहरूमा क्षति पुगेको छ । पराकम्प आइरहेकोले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्न पनि अप्ठेरो भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दनदनी बलिरहेको छ युरोप
-
प्रियंका कार्कीको चलचित्र ‘मास्टर्नी’ को टिजर सार्वजनिक
-
साउनको दोस्रो सोमबार पशुपतिसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो
-
चितवनमा सडक निर्माण अलपत्र छाड्ने ठेकेदार कम्पनीको ठेक्का अन्त्य
-
सुनसरीका दुई गाउँपालिकामा पनि ५ जना भन्दाबढी भेला हुन निषेध
-
बाढी र पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, कहाँ-कहाँ रोकिए सवारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण