दाङमा स्ववियु निर्वाचन : कतै मतदान, कतै स्थगन
दाङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तरगत दाङका ८ वटा क्याम्पसमध्ये आइतबार ४ वटा क्याम्पसमा मात्रै मतदान सुरु भएको छ । बाँकी ४ वटा क्याम्पसमा भने निर्वाचनमा रोकिएको छ । जिल्लामा ३ वटा क्याम्पसमा नेपाल विद्यार्थी संघले विवाद निकाल्दा अनिश्चितकालका लागि निर्वाचन स्थगन गरेको हो । यस्तै १ क्याम्पसमा यही ८ गते निर्वाचन हुने तय भएको छ ।
आइतबार दाङको गढवा बहुमुुखी क्याम्पस गढवा, ऐरावती बहुमुखी क्याम्पस राप्ती, देउखुरी बहुमुखी क्याम्पस देउखुुरी र केन्द्रीय आयुुर्वेद विद्यापीड बेलझुण्डीमा निर्वाचनका लागि मतदान सुरु भएको अनेरास्ववियुु (क्रान्तिकारी) नेता जंग रोकाले जानकारी दिए । बाँकी महेन्द्र बहुमुखी क्याम्पस घोराही, राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुर, जनता संस्कृत विद्यापीठ विजौरी र नेपाल संस्कृत केन्द्रीय विद्यापीठ बेलझुण्डीमा निर्वाचन रोकिएको उनले बताए ।
महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा विप्लव निकट विद्यार्थी संगठनका कारण निर्वाचन रोकिएको थियो । अहिले यही चैत ८ गते निर्वाचन गर्ने सहमति विद्यार्थी संगठनबीच भएको हो । बाँकी क्याम्पसहरुमा अनिश्चितकालका लागि निर्वाचन रोकिएको उनले बताए ।
पूर्व निर्धारित कार्यतालिकाअनुसार हरेक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि सबै प्रक्रिया र तयारी गरिएको थियो । तर, अन्य विद्यार्थी विद्यार्थी संगठनले निर्वाचनका लागि नियम विपरीत काम गरेकाले निर्वाचन रोक्नु परेको नेपाल विद्यार्थी संघका केन्द्रीय प्रतिनिधि राजेन्द्र दाहालले जानकारी दिए । उनले भने, ‘क्याम्पस प्रशासन मिलेमतोदेखि गैरविद्यार्थी उम्मेदवार बनेपछि निर्वाचन रोकेका हौं । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण