शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा स्ववियू निर्वाचन : २० भन्दा बढी क्याम्पसमा मतदान जारी, एउटामा विवाद

आइतबार, ०५ चैत २०७९, ११ : १८
आइतबार, ०५ चैत २०७९


सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन अन्तर्गत कर्णालीका करिब २० भन्दा बढी क्याम्पसहरुमा यतिबेला मतदान जारी छ । मध्यपश्चिम विश्वविद्यालयका १० वटा आंगिक र सोही संख्यामा त्रि–भूवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा मतदान भइरहेको छ । यद्यपि सबैजसो राजनीति दलले प्रतिष्ठाको विषय बनाइरहेको मध्यपश्चिम विश्वविद्यालयमा भने उच्च अदालतमा मुद्दा परेपनि चुनाव स्थगित भएको छ । आंगिकमध्ये ७ वटा कर्णालीभित्र र ३ वटा लुम्बिनी प्रदेशमा क्याम्पसहरु रहेका छन् । ती क्याम्पसहरुमा पनि मतादान जारी रहेको बुझिएको छ । 

राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखिनै मतदान जारी छ । यहाँ करिब २ हजार ५ सय भन्दा बढी मतदाता रहेकोमा १ हजार ५ सय भन्दा बढी जति मत खस्ने अनुमान गरिएको छ । ११ बजेसम्म २ सय भन्दा बढी मत खसिसकेको छ । विश्वविद्यालयपछिको केन्द्रबिन्दूमा रहेको यो क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका हिक्मत शाही र एमाले निकट अनेरास्ववियूका अक्कलबहादुर सिजापतिबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ नेविसंघले अखिललाई सघाएको छ भने अनेरास्ववियू (एस)ले अनेरास्ववियूलाई सघाइरहेको छ ।

k1

नेपाली कांग्रेस प्रदेश कमिटी प्रवक्ता दमन शाहीका अनुसार कालिकोटको तिला कर्णाली बहुमुखीमा मतदान जारी छ भने कालिकोटको जनचेतना बहुमुखी क्याम्पसमा विवाद भइहरेको छ । त्यहाँ अखिल क्रान्तिकारी र नेविसंघबीच तालमेल छ भने एमाले निकट अनेरास्ववियू एक्लै चुनावी मैदानमा छन् । अनेरास्ववियूले त्यहाँ विभिन्न माग राख्दै विवाद सिर्जना गरिरहेको छ । 

यस्तै मुगुको रारा बहुमुखी क्याम्पस, दोणाञ्चल क्याम्पस दुल्लू दैलेख, नारायण क्याम्पस लगायतका क्याम्पसहरुमा पनि मदतान जारी छ । जुम्ला बहुमुखी क्याम्पसमा भने अहिलेसम्म १२० मत खसिसकेको छ । ३९ बराबर क्याम्पसमध्ये कर्णालीका करिब १५ वटा क्याम्पसमा निर्विरोध रुपमा चुनाव सम्पन्न भइसकेको छ । यस्तै विद्यार्थी संगठनहरुले आफु अनुकूल विभिन्न क्याम्पसहरुमा तालमेल गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप