कर्णालीमा स्ववियू निर्वाचन : २० भन्दा बढी क्याम्पसमा मतदान जारी, एउटामा विवाद
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन अन्तर्गत कर्णालीका करिब २० भन्दा बढी क्याम्पसहरुमा यतिबेला मतदान जारी छ । मध्यपश्चिम विश्वविद्यालयका १० वटा आंगिक र सोही संख्यामा त्रि–भूवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा मतदान भइरहेको छ । यद्यपि सबैजसो राजनीति दलले प्रतिष्ठाको विषय बनाइरहेको मध्यपश्चिम विश्वविद्यालयमा भने उच्च अदालतमा मुद्दा परेपनि चुनाव स्थगित भएको छ । आंगिकमध्ये ७ वटा कर्णालीभित्र र ३ वटा लुम्बिनी प्रदेशमा क्याम्पसहरु रहेका छन् । ती क्याम्पसहरुमा पनि मतादान जारी रहेको बुझिएको छ ।
राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखिनै मतदान जारी छ । यहाँ करिब २ हजार ५ सय भन्दा बढी मतदाता रहेकोमा १ हजार ५ सय भन्दा बढी जति मत खस्ने अनुमान गरिएको छ । ११ बजेसम्म २ सय भन्दा बढी मत खसिसकेको छ । विश्वविद्यालयपछिको केन्द्रबिन्दूमा रहेको यो क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका हिक्मत शाही र एमाले निकट अनेरास्ववियूका अक्कलबहादुर सिजापतिबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यहाँ नेविसंघले अखिललाई सघाएको छ भने अनेरास्ववियू (एस)ले अनेरास्ववियूलाई सघाइरहेको छ ।

नेपाली कांग्रेस प्रदेश कमिटी प्रवक्ता दमन शाहीका अनुसार कालिकोटको तिला कर्णाली बहुमुखीमा मतदान जारी छ भने कालिकोटको जनचेतना बहुमुखी क्याम्पसमा विवाद भइहरेको छ । त्यहाँ अखिल क्रान्तिकारी र नेविसंघबीच तालमेल छ भने एमाले निकट अनेरास्ववियू एक्लै चुनावी मैदानमा छन् । अनेरास्ववियूले त्यहाँ विभिन्न माग राख्दै विवाद सिर्जना गरिरहेको छ ।
यस्तै मुगुको रारा बहुमुखी क्याम्पस, दोणाञ्चल क्याम्पस दुल्लू दैलेख, नारायण क्याम्पस लगायतका क्याम्पसहरुमा पनि मदतान जारी छ । जुम्ला बहुमुखी क्याम्पसमा भने अहिलेसम्म १२० मत खसिसकेको छ । ३९ बराबर क्याम्पसमध्ये कर्णालीका करिब १५ वटा क्याम्पसमा निर्विरोध रुपमा चुनाव सम्पन्न भइसकेको छ । यस्तै विद्यार्थी संगठनहरुले आफु अनुकूल विभिन्न क्याम्पसहरुमा तालमेल गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण