पाँच दलद्वारा लोकतान्त्रिक मधेसी मोर्चा घोषणा
काठमाडौँ । तराई मधेस केन्द्रित विभिन्न पाँच वटा दल मिलेर लोकतान्त्रिक मधेसी मोर्चा घोषणा गरिएको छ । तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रिय सद्भावना पार्टीले ‘लोकतान्त्रिक मधेसी मोर्चा’ बनाएका हुन् । जनकपुरस्थित तमलोपाको केन्द्रीय कार्यालयमा बसेको पाँच दलको बैठकले सो मोर्चा बनाउने सहमति गरेको तमलोपाका वरिष्ठ नेता डा.विजयकुमार सिंहले जानकारी दिए ।
उनले बैठकमा ‘लोकतान्त्रिक मधेशी मोर्चा’ को साझा अवधारणा–पत्र प्रस्तुत गरेका थिए । ‘लोकतान्त्रिक मधेशी मोर्चा’ को साझा अवधारणा–पत्र २०७९ चैत्र १३ गते सार्वजनिक गर्ने निर्णय गरेको तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले जानकारी दिए ।
बैठकमा तमलोपाका अध्यक्ष लाल र वरिष्ठ नेता सिंह, नेपाल सद्भावना पार्टीको अध्यक्ष रामकुमार महतो, नेपाल लोकतान्त्रिक पार्टीको सह–अध्यक्ष सुरेशकुमार गुप्ता, ऐतिहासिक जनता पार्टीको अध्यक्ष बद्रीनारायण ठाकुर र राष्ट्रिय सद्भावना पार्टीको महासचिव रविन्द्र प्रसाद सिंहलगायतका नेताहरुको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
-
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
-
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्का घटना, दुई जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण