शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘नाटू– नाटू’ मा ‘चार चाँद’ लगाउने राम चरण : प्रोडक्सन हाउसका साथै एयरलाइन्स कम्पनीका मालिक, यति छ सम्पत्ति

आइतबार, ०५ चैत २०७९, १४ : २८
आइतबार, ०५ चैत २०७९

रामचरण... तेलुगु फिल्मका सुपरस्टार । टलिउडमा गोल्डेन ब्वाई भनेर चिनिने राम मेगास्टार चिरञ्जीवीका छोरा हुन् । तर राम चरण साउथ फिल्मका ती स्टारमध्ये एक हुन्, जसले आफ्नो पिताको स्टारडमभन्दा भिन्न विश्व भरी आफ्नो विशेष पहिचान बनाएका छन् । अहिले रामचरण ओस्करका कारण चर्चामा छन् । हालै उनको फिल्म आरआरआरको ‘नाटू–नाटू’ गीतले ओस्कार अवार्ड जितेको छ । तर यो गीत छायाङ्कन गर्नुअघि रामचरण घुँडाको चोटबाट पीडित थिए भन्ने कुरा कमैलाई थाहा होला ।

ram charanहैदराबादको जुबली हिल्समा छ विलासी बङ्गला 

चेन्नईमा जन्मेका रामचरण आज तेलुगु फिल्म उद्योगमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । फिल्मबाट करोडौं कमाउने राम हैदरावादको आलिसान बङ्गलामा बस्छन् । यो बङ्गला हैदरावादको पोश क्षेत्र जुबली हिल्समा छ । उनको यो बङ्गलाको मूल्य करिब ३० करोड भारु रहेको छ । २५ हजार स्क्वायर फिटमा फैलिएको यो बङ्गलामा रामचरण आफ्ना आमाबुवा र श्रीमतीसँग बस्छन् ।

रामचरणका हजुरबुवा स्वतन्त्रता सेनानी थिए

रामचरणका हजुरबुवा अल्लु रामलिंगैया होमियोपैथिक डाक्टर थिए जो देशको स्वतन्त्रता आन्दोलनसँग जोडिएका थिए । भारत छोडो आन्दोलनका क्रममा पनि उनी पक्राउ परेका थिए । रामका हजुरबुवा एक स्वतन्त्रता सेनानी हुनुका साथै एक हास्य कलाकार थिए जसले लगभग १ हजार चलचित्रहरूमा अभिनय गरेका थिए ।

ram charan1रामचरणको पहिलो बलिउड फिल्म फ्लप भयो

सन् २००९ मा फिल्म मगधीराबाट रातारात स्टार बनेका राम चरणले २०१३ मा बलिउडमा डेब्यू गरेका थिए । फिल्मको नाम थियो– जन्जिर । जन्जिर १९७३ मा रिलिज भएको अमिताभ बच्चनको फिल्मको रिमेक थियो । जहाँ एकातिर जन्जिरले अमिताभलाई मेगास्टार बनाएको थियो । यसको विपरीत, रिमेक फिल्मले रामचरणको बलिउड करियरमा ब्रेक लगायो । रामको फिल्म बक्स अफिसमा नराम्रोसँग असफल भयो ।

रामचरण महँगो कस्टमाइज कारको शौखिन छन्

रामचरणलाई कस्टमाइज गरिएका महँगो सवारी साधन मन पर्छ । उनको कार सङ्ग्रहमा करोडौं मूल्यका धेरै कस्टमाइज्ड गाडीहरू छन् । उनको कस्टमाइज्ड कलेक्सनको पहिलो कार मर्सिडीज–मेबाक जीएलएस ६०० हो । रामचरणका अनुसार कम्पनीले यो कारलाई विशेष रूपमा कस्टमाइज गरेको छ । यो कारको मूल्य करिब ४ करोड भारु रहेको छ । यसबाहेक उनीसँग ३ करोडको ब्रिटिस स्पोर्ट्स कार एस्टन मार्टिन भी८ र ३.५० करोडको फेरारी पोर्टोफिनो पनि छ ।

उनको कूल सम्पत्ति १३०० करोड भारु रहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । 

ram charan2सफल अभिनेता हुनुका साथै रामचरण एक सफल व्यवसायी पनि 

अभिनयबाट करोडौँ कमाउने रामचरण एक प्रोडक्सन र एयरलाइन्स कम्पनीका मालिक पनि हुन् । रामचरणले सन् २०१६ मा ‘कोनिडेला’ नामको आफ्नो निर्माण कम्पनी स्थापना गरेका थिए । यो त्यही प्रोडक्सन हाउस हो जसको ब्यानरमा चिरञ्जीवीको १५० औँ फिल्म कैदी नम्बर १५० बनेको थियो । ५० करोडमा बनेको यो फिल्मले बक्स अफिसमा करिब १६४ करोड कमाएको थियो । यस बाहेक यो टलिउड सुपरस्टार एक हवाईजहाज कम्पनीका मालिक पनि हुन् । राम चरण हैदराबादमा रहेको क्षेत्रीय वायुसेवा कम्पनी टर्बो मेघा एयरवेज प्राइभेट लिमिटेडका अध्यक्ष हुन् । यसका उडानहरू ट्रुजेट नामबाट चल्छन् ।

ram charan3रामचरणले आरआरआरका चालक दलका सदस्यहरूलाई सर्प्राइज दिएका दिए

जब फिल्म आरआरआरले १० दिनमा ९०० करोड कमाएको थियो तब फिल्मको सफलताबाट खुसी हुँदै रामचरणले आरआरआरको टोलीलाई सुनको सिक्का उपहार दिए । रिपोर्ट अनुसार, एक सिक्का लगभग १० ग्रामको थियो र कुल सिक्काको मूल्य १८ लाख भारु भन्दा बढी थियो । सुनको सिक्काको एकातिर आरआरआर र अर्को छेउमा रामचरणको नाम लेखिएको थियो । रामचरणले यी सिक्का फिल्मका प्रत्येक युनिट सदस्यलाई दिए । यसमा करिब ३५ प्राविधिकका साथै विभिन्न विभागका प्रमुखहरू समावेश थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप