बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु

आइतबार, ०५ चैत २०७९, १५ : ०३
आइतबार, ०५ चैत २०७९

बुटवल । पाल्पाको रिप्दिकोटबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको टिपरको ठक्करले  एक पुरुषको मृत्यु भएको छ । रिप्दिकोटको सिद्देश्वर खानीबाट चुनढुङ्गा बोकेर बुटवलतर्फ आउँदै गरेको लु २ ख २४४६ नम्बरको टिपरले ठक्कर दिँदा ६९ वर्षीय होमबहादुर लाम्टाङेको मृत्यु भएको हो ।

टिपरको ठक्करबाट लाम्टाङेको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले  जानकारी दिए । घटनालगत्तै गाडी र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप