पुटिनद्वारा रुसले कब्जा गरेको युक्रेनी सहर मारिउपोलको भ्रमण

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कब्जा गरेको युक्रेनी बन्दरगाह सहर मारिउपोलको आकस्मिक भ्रमण गरेका छन् । एक आधिकारिक भिडियोमा पुटिनले राति सडकमा कार चलाउँदै र मानिसहरूसँग कुरा गरिरहेको देखाइएको छ। क्रेमलिनले यो भ्रमण शनिबार राति भएको बताएको छ। भर्खरै कब्जा गरेको युक्रेनी क्षेत्रमा यो उनको पहिलो यात्रा भएको मानिन्छ।
टास समाचार एजेन्सीका अनुसार उनी हेलिकप्टरबाट मारिउपोल गएका थिए । भिडियोमा उनी रसियाका उपप्रधानमन्त्री मारात खुस्नुलिनसँग कारमा देखिएका छन्, जसले सहर कसरी पुनर्निर्माण भइरहेको भनेर सुनाइरहेका हुन्छन्। क्रेमलिनले सहर वरिपरि ड्राइभ गर्ने निर्णय रुसी नेताले त्यहीँ नै लिएका थिए।
रुसी नेताले मारिउपोलको पूर्वमा रहेको रुसी सहर रोस्तोभ अन डोनमा शीर्ष सैन्य कमान्डरहरूसँग भेट गरेको पनि रिपोर्टमा उल्लेख गरिएको छ। द्वन्द्वको सबैभन्दा लामो र रक्तपातपूर्ण लडाईंपछि मारिउपोल १० महिनाभन्दा बढी समयदेखि रुसी कब्जामा रहेको छ। युक्रेनले त्यहाँ २० हजारभन्दा बढी मानिस मारिएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्रिय कर्मचारी संगठनको बागमती प्रदेश अध्यक्षमा ढुंगाना
-
उपनिर्वाचनका लागि जसपाले पार्टी दर्ता गराउने
-
घान्द्रुक फोहोर व्यवस्थापनका लागि ज्योति विकास बैंकद्वारा डस्टबिन प्रदान
-
राष्ट्रपति पौडेलसँग चीनका राजदूतको शिष्टाचार भेट
-
माओवादी केन्द्र प्रशिक्षक उत्पादन गर्दै, वैचारिक अध्ययन गराउन प्रशिक्षण
-
रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन हुने