पुटिनद्वारा रुसले कब्जा गरेको युक्रेनी सहर मारिउपोलको भ्रमण
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कब्जा गरेको युक्रेनी बन्दरगाह सहर मारिउपोलको आकस्मिक भ्रमण गरेका छन् । एक आधिकारिक भिडियोमा पुटिनले राति सडकमा कार चलाउँदै र मानिसहरूसँग कुरा गरिरहेको देखाइएको छ। क्रेमलिनले यो भ्रमण शनिबार राति भएको बताएको छ। भर्खरै कब्जा गरेको युक्रेनी क्षेत्रमा यो उनको पहिलो यात्रा भएको मानिन्छ।
टास समाचार एजेन्सीका अनुसार उनी हेलिकप्टरबाट मारिउपोल गएका थिए । भिडियोमा उनी रसियाका उपप्रधानमन्त्री मारात खुस्नुलिनसँग कारमा देखिएका छन्, जसले सहर कसरी पुनर्निर्माण भइरहेको भनेर सुनाइरहेका हुन्छन्। क्रेमलिनले सहर वरिपरि ड्राइभ गर्ने निर्णय रुसी नेताले त्यहीँ नै लिएका थिए।

रुसी नेताले मारिउपोलको पूर्वमा रहेको रुसी सहर रोस्तोभ अन डोनमा शीर्ष सैन्य कमान्डरहरूसँग भेट गरेको पनि रिपोर्टमा उल्लेख गरिएको छ। द्वन्द्वको सबैभन्दा लामो र रक्तपातपूर्ण लडाईंपछि मारिउपोल १० महिनाभन्दा बढी समयदेखि रुसी कब्जामा रहेको छ। युक्रेनले त्यहाँ २० हजारभन्दा बढी मानिस मारिएको बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण