एकै दिन ११ अर्ब निक्षेप घट्यो
काठमाडौं । बैंकिङ प्रणालीमा एकै दिन ११ अर्ब रुपैयाँ निक्षेप घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन ३० गते मंगलवार बैंक, वित्तीय संस्थासँग ५४ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १ गते बुधवार घटेर ५४ खर्ब २ अर्ब रुपैयाँ कायम भएको छ । चैत १ गतेयताको निक्षेप घटबढको विवरण राष्ट्र बैंकले आइतवार रातिसम्म सार्वजनिक गरेको छैन ।
वाणिज्य बैंकहरूबाट १२ अर्ब रुपैयाँ निक्षेप घट्दा विकास बैंक र वित्त कम्पनीहरूमा भने १ अर्ब रुपैयाँ बढेको थियो । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरीदबापतको रकम भुक्तानी गर्दा वाणिज्य बैंकबाट ठूलो रकम बाहिरिएको हो ।
राष्ट्र बैंकका अनुसार फागुन मसान्तमा वाणिज्य बैंकहरूसँग ४७ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप रहेकोमा चैत १ मा ४७ खर्ब ६१ अर्बमा झरेको छ । यस्तै विकास बैंक तथा फाइनान्स कम्पनीसँग रहेको निक्षेप ६ खर्ब ४० अर्बबाट बढेर ६ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।
बैंक, वित्तीय संस्थाको कर्जा पनि ४८ खर्ब १७ अर्ब रुपैयाँबाट ४८ खर्ब १२ अर्बमा ओर्लेको छ । वाणिज्य बैंकको कर्जा ४२ खर्ब ७५ अर्ब रुपैयाँबाट ४२ खर्ब ७० अर्बमा झरेको छ । विकास बैंक र वित्त कम्पनीको कर्जा प्रवाह भने स्थिर छ ।
बैंकहरूको चैत १ गतेको कर्जा–निक्षेप ९सीडी० अनुपात ८५ दशमलव ६९ प्रतिशत छ । फागुन मसान्तमा यो ८५ दशमलव ६० प्रतिशत थियो । यस्तै अन्तरबैंक ब्याजदर पनि ७ प्रतिशतबाट बढेर ७ दशमलव शून्य १ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण