३ महिनामा १० लाख नेपाली नक्कली नोट बरामद
काठमाडौँ । प्रहरीले पछिल्लो ३ महिनामा १० लाखभन्दा धेरै नेपाली नक्कली नोट बरामद गरेको छ । २०७९ मंसिर, पुस र माघ महिनाभरिमा १० लाख २० हजार ३ सय नक्कली नेपाली रुपैयाँ बरामद गरिएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले रातोपाटीलाई बताए ।
काठमाडौँको कालोपुलबाट चैत १ मा नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कारोबारीको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ लाख ३६ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार मंसिरपछि जाली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् ।
२०७९ मंसिरमा ३ जना जाली नोट कारोबारी पक्राउ परेका थिए । उनीहरूको साथबाट प्रहरीले १ हजार दरका २६ हजार र ५ सय दरको ४ हजार ५ सय जाली रुपैयाँ बरामद गरेको थियो ।
२०७९ पुसमा १७ जना कारोबारी पक्राउ परे । सो महिनामा १ हजार दरको ५ लाख ३६ हजार बरामद गरिएको थियो । पुसमा ५ सय, १ सय र ५० दरका पनि नक्कली नोट भेटिएको थियो ।
माघमा १ हजार दरको ४ लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण