३ महिनामा १० लाख नेपाली नक्कली नोट बरामद

काठमाडौँ । प्रहरीले पछिल्लो ३ महिनामा १० लाखभन्दा धेरै नेपाली नक्कली नोट बरामद गरेको छ । २०७९ मंसिर, पुस र माघ महिनाभरिमा १० लाख २० हजार ३ सय नक्कली नेपाली रुपैयाँ बरामद गरिएको प्रहरी प्रवक्ता (डीआईजी) पोषराज पोखरेलले रातोपाटीलाई बताए ।
काठमाडौँको कालोपुलबाट चैत १ मा नक्कली नोट कारोबारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कारोबारीको साथबाट उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ लाख ३६ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको खाँडोदवी गाउँपालिका–८ घर भएर काठमाडौँ बस्ने ३४ वर्षीय छिरिङ लामा र दोलखाको भिमेश्वर नगरपालिका–७ घर भएर सतुङ्गल बस्ने २४ वर्षीय सुरेन्द्र कार्की छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार मंसिरपछि जाली नोट कारोबारमा संलग्न २२ जना पक्राउ परेका छन् ।
२०७९ मंसिरमा ३ जना जाली नोट कारोबारी पक्राउ परेका थिए । उनीहरूको साथबाट प्रहरीले १ हजार दरका २६ हजार र ५ सय दरको ४ हजार ५ सय जाली रुपैयाँ बरामद गरेको थियो ।
२०७९ पुसमा १७ जना कारोबारी पक्राउ परे । सो महिनामा १ हजार दरको ५ लाख ३६ हजार बरामद गरिएको थियो । पुसमा ५ सय, १ सय र ५० दरका पनि नक्कली नोट भेटिएको थियो ।
माघमा १ हजार दरको ४ लाख ४४ हजार नक्कली नोट बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जमिनमुनि भासिएको गाडीको अध्ययन सुरु
-
आठ वर्षपछि घरेलु मैदानमा पाँचपटकको च्याम्पियन चेन्नईलाई हराउने धुनमा साबिक विजेता कोलकाता
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
भाषाले कानुन पाएको छ, अब न्याय पाउनु छ
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव