महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पौडेल विजयी
विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका जसवन्त पौडेल निर्वाचित भएका छन् । उनले अखिल क्रान्तिकारीका रोहित यादव (विकास) पराजित गरेका हुन् । पाैडेलले १६८९ मत ल्याउँदा यादवले ७८४ मत पाए । यस्तै अनेरास्ववियु एमालेका नविन पहाडी (पाेखरेल)ले ५९२ मत मात्र पाए ।
यहाँ २०६५ मा भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका जयराम सुन्दास सभापति भएका थिए । १४ वर्षपछि भएको निर्वाचनमा नेविसंघले बाजी मारेको छ । सचिवको अनेरास्ववियु एमालेका सनिम ठकुरीले ९३९ मत ल्याएर विजयी भए ।
उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका पूजा विश्वासले ७८६ मत पाए । कोषाध्यक्षमा भने नेविसंघकी स्वस्तिक बोहरा ११४१ मत पाएर निर्वाचित भएका छ । सदस्यमा नेविसंघका ३ र अनेरास्ववियु एमालेबाट २ जना निर्वाचित भएका छन् । महेन्द्र मोरङ क्याम्पसमा ३ हजार १ सयबढी मतदान भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
-
नुनपानीले अनुहार धुँदा छालालाई फाइदा गर्छ वा बेफाइदा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण