शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका पौडेल विजयी

मङ्गलबार, ०७ चैत २०७९, ०९ : २२
मङ्गलबार, ०७ चैत २०७९

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका जसवन्त पौडेल निर्वाचित भएका छन् । उनले अखिल क्रान्तिकारीका रोहित यादव (विकास) पराजित गरेका हुन् । पाैडेलले १६८९ मत ल्याउँदा यादवले ७८४ मत पाए । यस्तै अनेरास्ववियु एमालेका नविन पहाडी (पाेखरेल)ले ५९२ मत मात्र पाए ।

यहाँ २०६५ मा भएको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीका जयराम सुन्दास सभापति भएका थिए । १४ वर्षपछि भएको निर्वाचनमा नेविसंघले बाजी मारेको छ । सचिवको अनेरास्ववियु एमालेका सनिम ठकुरीले ९३९ मत ल्याएर विजयी भए ।

उनका निकटतम् प्रतिस्पर्धी नेविस‌ंघका पूजा  विश्वासले ७८६ मत पाए । कोषाध्यक्षमा भने नेविसंघकी स्वस्तिक बोहरा ११४१ मत पाएर  निर्वाचित भएका छ । सदस्यमा नेविसंघका ३ र अनेरास्ववियु  एमालेबाट २ जना  निर्वाचित भएका छन् । महेन्द्र मोरङ क्याम्पसमा ३ हजार १ सयबढी मतदान भएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप