आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

संवैधानिक आयोगहरुको कामप्रति राष्ट्रियसभा अध्यक्षको असन्तुष्टि

मङ्गलबार, ०७ चैत २०७९, १४ : ३६
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरुका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।  

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराए ।  मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरुले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पारे ।  

अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरुलाई आग्रह गरे ।  

अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरु अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्ष भित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराए । उनले आयोगका लागि आवश्यक स्रोत, साधनको व्यवस्था गर्ने काममा कन्जुस्याइँ नगर्न सरकारको समेत ध्यानाकर्षण गराए ।  

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर  मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वद्र्धन गर्न आयोग प्रतिबद्ध रहेको बताए । उनले सबै संवैधानिक आयोगहरुसँग सहकार्य र समन्वय गरेर आयोगले आफ्नो कामलाई अघि बढाइरहेको दाबी समेत गरे ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप