इन्डोनेसियामा पहिरोमा परी दुई जनाको मृत्यु
मङ्गलबार, ०७ चैत २०७९, २० : ०७
जाकार्ता । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको बोगोर जिल्लामा भारी वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
चिया बगानले घेरिएको लोकप्रिय पहाडी रिसोर्ट पुनकाकमा सोमबार दिउँसो उक्त दुर्घटना भएको हो ।
जिल्लाको विपद् न्यूनीकरण एजेन्सीका एरिस नुरजात्मिकोले भारी वर्षाका कारण ती व्यक्तिहरूले नजिकैको अस्थायी पसलमा शरण लिएको बताएका छन् ।
स्थानीय अधिकारीहरूले उक्त क्षेत्रको माटो अझै अस्तव्यस्त भएकाले उक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।
वर्षायाममा इन्डोनेसियामा बाढी र पहिरो जस्ता प्रकोपहरू प्रायः हुने गर्दछ। (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण