इन्डोनेसियामा पहिरोमा परी दुई जनाको मृत्यु
मङ्गलबार, ०७ चैत २०७९, २० : ०७

जाकार्ता । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तको बोगोर जिल्लामा भारी वर्षाका कारण आएको पहिरोमा परी दुई जनाको मृत्यु भएको स्थानीय अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।
चिया बगानले घेरिएको लोकप्रिय पहाडी रिसोर्ट पुनकाकमा सोमबार दिउँसो उक्त दुर्घटना भएको हो ।
जिल्लाको विपद् न्यूनीकरण एजेन्सीका एरिस नुरजात्मिकोले भारी वर्षाका कारण ती व्यक्तिहरूले नजिकैको अस्थायी पसलमा शरण लिएको बताएका छन् ।
स्थानीय अधिकारीहरूले उक्त क्षेत्रको माटो अझै अस्तव्यस्त भएकाले उक्त स्थानबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।
वर्षायाममा इन्डोनेसियामा बाढी र पहिरो जस्ता प्रकोपहरू प्रायः हुने गर्दछ। (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन बजारमा
-
अढाई दशकपछि नक्सालको हिटीमा फर्किएकाे पानीको प्रवाह (तस्बिरहरू)
-
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने