स्ववियु निर्वाचनबारे छलफल गर्न आरआर क्याम्पसले बोलायो विद्यार्थी संगठन
काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनबारे छलफल गर्न रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) ले विद्यार्थी संगठनहरूलाई बोलाएको छ । तालाबन्दीको अन्त्य गर्दै छलफलमा आउन आग्रह गरेको हो ।
क्याम्पस प्रमुख प्रा.डा. जीवनधर ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै विगतको दिनमा उत्पन्न भएका घटनाहरूलाई आ आफ्नो पक्षबाट समीक्षा गर्दै गल्ती कमजोरी सुधार गर्दै स्ववियु निर्वाचनसँग प्रत्यक्ष सरोकार राख्ने विद्यार्थी संगठनहरूलाई छलफलमा आउन आग्रह गरेको हो ।
स्ववियु निर्वाचनको विषयलाई लिएर अनेरास्ववियू, नेविसंघ लगायतका विद्यार्थी संगठनहरूले गत फागुन २७ गतेदेखि ताला लगाएका थिए । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आएका छन् । अनेरास्ववियुलाई फाइदा पुग्नेगरी निर्वाचन अधिकृतले काम गर्दै आएको भन्दै उनको राजीनामा माग गरेका हुन् ।
त्रिविका उपकुलपति र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले चैत १२ गते अगावै निर्वाचन गराउन निर्देशन दिएका छन् । क्याम्पसमा देखिएका समस्या छलफल र वार्ताको माध्यमबाट समाधान गरेर निर्वाचन गराउन भनिएको हो ।
निर्वाचनका क्रममा उत्पन्न असमझदारीका कारण भएको तालाबन्दीका कारण क्याम्पसका नियमित प्रशासनिक तथा शैक्षिक गतिविधिसमेत प्रभावित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण