पाकिस्तानमा भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु, १७५ घाइते
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलवार राति गएको भूकम्पमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । हालसम्म पाकिस्तानमा खैबर पख्तुनख्वा प्रान्तमा मात्रै भूकम्पका कारण क्षति भएको विवरण प्राप्त भएको छ ।
पाकिस्तानमा मङ्गलवार राति ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । यसको केन्द्र अफगानिस्तानको हिन्दु कुश क्षेत्र भनिएको छ । भारतको राजधानी दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
खैबर पख्तुनख्वा प्रान्तको जिल्ला प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म सबैभन्दा बढी मृत्यु स्वात जिल्लामा भएको छ ।
अधिकारीका अनुसार पहिरोका कारण स्वात कलाम सडक पनि बन्द भएको छ । यसपछि तल्लो दिरमा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । यस्तै, मलाकन्दमा एक जनाको मृत्यु भएको छ ।
स्वात सैदु शरीफ अस्पतालमा आपतकालिन अवस्था घोषणा गरिएको छ, जबकि जिल्ला प्रहरी अधिकारी शफिउल्लाहले सबै कर्मचारीहरूलाई सतर्क गराइएको र सबै घाइतेहरूलाई चिकित्सा सुविधा उपलब्ध गराइएको बताए ।
खैबर पख्तुनख्वा प्रान्तका विभिन्न क्षेत्रहरूबाट छतहरू भत्किने र भवनहरूमा क्षति पुगेको पनि रिपोर्टहरू आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण