मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारमा सरकार गम्भीर भएनः देवकोटा

बुधबार, ०८ चैत २०७९, १४ : ०८
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको बेथिति सुधारको लागि सरकार गम्भीर नबनेको आरोप लगाएका छन् । 
बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि शुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचारहरु विवरणहरु आएपनि सरकार गम्भीर नबनेको बताएका हुन् । उनले शिक्षाको ८०÷८५ विद्यार्थी अध्ययनर विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान भएको जिकिर गरे । 

उनले भने, ‘त्रिभुवन विश्वविद्यालयको बेथिति र सुधारको लागि शुरु गरिएका प्रयासका चित्कारका समाचार, सम्पादकीय र उपकुलपतिको अन्तर्वार्ता लगायतका समाचारहरु विवरणहरु कान्तीपुर दैनिक लगायतका सञ्चारमाध्यमहरुमा निरन्तर आएका छन् । तर सरकार त्रिभुवन विश्वविद्यालय सुधारमा गम्भीर छैन । उच्च शिक्षाको ८०÷८५ विद्यार्थी अध्ययनरत यस विद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणालीमाथिकै अपमान हो । त्रिभुवन विश्वविद्यालय लगायत उच्च शिक्षा सुधारको स्पष्ट कार्य योजना ल्याउन सरकारसँग जोडदार माग गर्छु । पोखराको फेवाताल माथिको अतिक्रमण लगायतको व्यहोरा पटकपटक संसदमा बोल्दासमेत जवाफ पाएको छैन । अहिले फेवातालको आसपासको क्षेत्रमा दिनहुँ ३०÷४० वटा डोजरहरु जग्गा प्लटिङ र त्यत्तिकै संख्यामा हर्बन खोलाको दोहनमा लागेको विवरण सार्वजनिक भएको छ । यस क्षेत्रको सार्वजनिक जग्गा ९ सय जना व्यक्तिको नाममा नामसरी गरिएको पुण्य पौडेलको अध्यक्षतामा गठित प्रतिवेदनमा छ । प्रतिवेदन सार्वजनिक गर्न र फेवाताल संरक्षणको स्थायी समाधानको कार्ययोजना संसदमा पेस गर्नसमेत सरकारसँग अनुरोध गर्दछु ।’

सांसद देवकोटाले पोखराको फेवाताल माथिको अतिक्रमणबारे सरकारले जवाफ नदिएको भन्दै फेवाताल संरक्षणको स्थायी समाधानको कार्ययोजना संसदमा पेस गर्न सरकारसँग आग्रह गरे  । उनले फेवातालको आसपासको क्षेत्रमा दिनहुँ ३०÷४० वटा डोजरहरु जग्गा प्लटिङ भइरहेको र सो क्षेत्रको सार्वजनिक जग्गा ९ सय जना व्यक्तिको नाममा नामसरी गरिएको पुण्य पौडेलको अध्यक्षतामा गठित प्रतिवेदनमा उल्लेख भएकाले सो प्रतिवेदन सार्वजनिक गर्न सरकारस्ँग माग गरे ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप