सीजी मोटर्स नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ
काठमाडौँ । सीजी मोटर्सले आजदेखि नेटा भी एक्सचेञ्ज क्याम्प प्रारम्भ गरेको छ । काठमाडौंको विशालनगर शोरुम र अन्य स्थानहरुमा एक्सचेञ्ज क्याम्प सुरु गरेको हो।
चैत १० शुक्रबार सम्म चल्ने सो क्याम्पेन अन्तर्गत कुनै पनि ब्रान्डको पेट्रोलियम वा अन्य गाडीसँग नेटा भी इलेक्ट्रिक कार साट्न सकिने छ । सीजी मोटर्सले पुरानो गाडीको उपयुक्त भ्यालुएसन प्रदान गरिने त्यसैगरी सो अवसरमा शोरुम भ्रमण गर्ने र गाडी टेस्ट ड्राइभ गर्नेहरुलाई रिफ्रेसमेन्ट सहित आकर्षक उपहार समेत उपलब्ध गराइने कम्पनीको भनाइ छ ।
‘स्विच टु ईभी’ ट्यागलाइनका साथ ल्याइएको सो अफरबाट इलेक्ट्रिक कार चढ्न चाहने ग्राहकहरु लाभान्वित हुन सक्ने छन् ।
नेटा भी कारमा सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ । नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिइएको कम्पनीको भनाइ छ ।
यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै सीजी मोटर्सका हरेक खरिदकर्तालाई ६.६ किलोवाटको चार्जर र एक वर्षको बीमाको सुविधा निःशुल्क उपलब्ध छ । एक पटक फुल चार्जमा ३८० कि मि नेटा भि नेपाली बजारमा उपलब्ध लोकप्रिय इलेक्ट्रिक कार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण