शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कंगना एक्ली अभिनेत्री, जसविरुद्ध ७ सय मुद्दा : खानसँगको फिल्म अस्वीकार, ठूला निर्माताविरुद्ध अभियान

बिहीबार, ०९ चैत २०७९, १२ : १४
बिहीबार, ०९ चैत २०७९

कंगना रनोटको आज ३६ औँ जन्मदिन हो । केही वर्ष अघिसम्म कंगनालाई एक शो–पिस नायिकाको रूपमा हेर्ने गरिन्थ्यो । अहिले उनी चार राष्ट्रिय अवार्ड जितिसकेकी नायिका बनेकी छिन् । उनीभन्दा अघि शबाना आजमी हुन् जसले चार राष्ट्रिय अवार्ड जितेकी छिन् । कंगनाले आफ्नो फिल्मका लागि जति चर्चा बटुलिरहेकी छिन्, त्योभन्दा बढी आफ्नो कडा स्वभावका लागि परिचित छिन् । 

कंगना एक्ली नायिका हुन् जो विरुद्ध देशका विभिन्न सहर र अदालतमा ७०० भन्दा बढी मुद्दा दर्ता छन् । कंगनाले कहिल्यै पनि खान हिरो (सलमान, शाहरुख र आमिर) सँग काम गरिनन् । शाहरुखसँग जिरो र सलमानसँग सुल्तान दुवै फिल्म अस्वीकार गरिन् । केही रिपोर्टमा यो पनि दाबी गरिएको छ कि शाहरुख कंगनासँग फिल्म खेल्न चाहँदैनथे । कंगना एक्ली नायिका हुन् जसले बलिउडका कुनै पनि ठुला प्रोडक्सन हाउससँग काम गरिरहेकी छैनन् । उनले आफ्नै प्रोडक्सन हाउस बनाएकी छिन् । 

यो जिद्दी, जोस र झगडा कंगनाका लागि नयाँ होइन । परिवारको विरुद्ध गएर फिल्ममा आइन्, पहिलो कामका लागि सङ्घर्ष गरिन्, आफ्नो अलग पहिचान बनाइन् र नेपोटिजमविरुद्धको झन्डा उठाएर पूरा इन्डष्ट्रिविरुद्ध नै अभियान चलाइन् । करण जोहरदेखि अमिताभ बच्चनसम्म कोही पनि कंगनाको तिखो कमेन्टबाट बच्न सकेका छैनन् ।

अरूको ब्यानरको फिल्म छोडिन् र आफ्नै प्रोडक्सन हाउस सुरु गरिन् । आज कंगना नायिका मात्रै होइनन्, निर्माता र निर्देशक पनि हुन् । यसै वर्ष कंगनाको निर्देशनमा बनेको इमर्जेन्सी रिलिज हुनेछ जसमा कंगना आफूलाई पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निभाउँदै छिन् ।

kanganaसपनाका लागि सङ्घर्ष र परिवारसँग विद्रोह

कंगना बाल्यकालदेखि नै स्पष्ट बोल्ने, जिद्दी र रूढिवादी सोचको विरुद्ध थिइन् । उनको जन्म हिमाचल प्रदेशको मन्डी जिल्ला नजिकै भांबलामा एक सामान्य राजपूत परिवारमा भयो । आमा–बुवाले कंंगना डाक्टर बनोस् भन्ने चाहेका थिए ।

यस्तै, कंगना केही भिन्न गर्न चाहन्थिन् । सानैदेखि मोडल बन्ने सपना थियो तर पूरा परिवार उनको यो सपनाको विरुद्ध थिए । यसैका लागि बुवाले उनीमाथि बेस्सरी कुटपिट गर्दथे । आमाको गाली धेरै नै सुन्नु पर्दथ्यो । तर कंगनाको इच्छा मरेन । अन्ततः घर छोडेर मोडलिङ गर्न दिल्ली गइन् तर आफ्नो सपनासँग सम्झौता गरिनन् ।

मोडलिङको नाममा कसैले तिम्रो ब्लु फिल्म बनाइदिनेछ : आमा

घर छोडेपछि पनि आमाको विभिन्न टिप्पणी रोकिएन । आमाले उनलाई फोन गरेर भन्थिन्, ‘पापालाई तिम्रो चिन्ताले सताइरहन्छ । राती पनि उहाँ सुत्न सक्नुहुन्न । उहाँलाई केही भयो भने यसको जिम्मेवार तिमी हुनेछौ । त्यहाँ तिम्रो कसैले ब्लु फिल्म बनाइदिनेछ र तिमीलाई थाहा पनि हुने छैन ।’

वरिपरिका सबै मानिसले यस्तै कुरा गर्दथे । यो सबै कुरा कंगनाले सिमी ग्रेवालको अन्तरवार्तामा बताएकी थिइन् । 

kangana1पैसाको कमी थियो तर पनि परिवारसँग मद्दत मागिनन्

दिल्ली पुगेपछि भाग्य र मेहनतले उनलाई शीर्ष मोडलिङ एजेन्सीमा काम दिलायो । त्यहाँ केही काम गरेपछि कंगनालाई लाग्यो कि मोडलिङ फिल्डमा त्यो रचनात्मकता छैन, जसको उनलाई खोजी छ । त्यसपछि उनी थिएटर तिर गइन् ।

उनले अभिनय करियरको सुरुवात अस्मिता थिएटर ग्रुपसँग गरिन् । अभिनयको तालिम चर्चित रङ्गमञ्च निर्देशक अरविन्द गौडसँग लिइन् ।

जीवनको यो चरणमा पनि कंगनाले धेरै सङ्घर्ष गर्नुपर्‍यो । परिवारले कुनै आर्थिक सहयोग गर्दैनथ्यो । कमाइको कुनै माध्यम थिएन । त्यसै कारण उनले पाउरोटी र अचार खाएर गुजारा गर्नुपरेको थियो । यति हुँदा हुँदै पनि उनको सङ्घर्ष जारी रह्यो ।

kangana2अङ्ग्रेजी नजानेको भन्दै मानिसहरूले खिल्ली उडाए

कंगनाले फिल्म ग्याङ्स्टरबाट बलिउडमा डेब्यू गरेकी हुन् । सुरुवाती यात्रा उतार चढावले भरिएको थियो । अङ्ग्रेजी नजानेको भन्दै धेरैले उनको खिल्ली उडाए तर उनले यसलाई एक कामको रूपमा लिइन् र अङ्ग्रेजी सिकेर आफूलाई प्रमाणित गरिन् ।

ठुला हिरोसँग फिल्म गर्नु हुँदैन : कंगना

कंगना सुरुदेखि नै नायकमा भर पर्न चाहँदैन थिन् । सिमी ग्रेवालसँगको अन्तरवार्तामा उनले भनिन्, ‘म आफूले आफैँलाई यो विश्वास दिलाउन चाहन्थेँ कि फिल्म इन्डस्ट्री पुरुष प्रधान छैन तर म गलत थिएँ । समाजजस्तै यहाँ पनि पुरुष प्रधानता छ ।’

कंगनाले एक पटक भनेकी थिइन्, ‘म हिरोको साइड किक बन्न चाहन्न । फिल्ममा ठुला हिरो हुँदा तिमी त शो पिस मात्र हुनेछौ ।’

kangana3तीनै खानसँग त्यति बेला मात्रै फिल्म गर्नेछु, जब मेरो भूमिका उनीहरूको बराबर हुनेछ

सायद यही कारणले गर्दा कंगनाले फिल्म उद्योगका शीर्ष कलाकार सलमान, शाहरुख र आमिर खानसँग फिल्म गर्न अस्वीकार गरिन् । उनले कुनै पनि खानसँग तब मात्र काम गर्ने बताइन् जब उनको भूमिका नायकको बराबर हुन्छ । साथै, यो पनि भनेकी थिइन् कि खानसँग फिल्म गर्दा करियरमा कुनै ठुलो वृद्धि देख्न पाइन्छ ?

कंगनाले यो पनि भनिन्, ‘जब मलाई आफ्नो करियरमा ठुलो फिल्मी ब्रेक चाहिएको थियो, त्यति बेला कोही पनि मसँग फिल्म गर्न चाहँदैनथे । आज म सफलताको शिखरमा हुँदा शीर्ष कलाकार पनि मसँग स्क्रिन सेयर गर्न चाहन्छन् ।’

 शाहरुखले कंगनासँग फिल्म गर्न अस्वीकार गरेका थिए

कंगनालाई सलमान खानसँग फिल्म सुल्तानमा काम गर्न अप्रोच गरिएको थियो तर उनले अस्वीकार गरिन् । यस्तै, एक पटक शाहरुखलाई कंगनासँग एउटा फिल्ममा साइन गर्ने कुरा चलिरहेको थियो तर शाहरुखले उक्त फिल्मको हिस्सा बन्न अस्वीकार गरेका थिए । 

kangana4कंगनामाथि ७०० मुद्दा दर्ता छन्

‘मविरुद्ध जम्मा ७ सय मुद्दा दर्ता छन्, जसलाई मैले एक्लै सम्हाल्नु परेको छ । केस बाहेक आगामी फिल्मसँग सम्बन्धित धेरै कुराहरू देख्न बाँकी छ तर यी सबै कुरा एकै पटक सम्हाल्ने हिम्मत छैन । मेरो मुटु फेरि टुटेको छ’ उनले बीएमसीले आफ्नो अफिस तोडेपछि यस्तो ट्विट गरेकी थिइन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप