नयाँ इतिहास रच्दै रोनाल्डो
लिसबन । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नयाँ इतिहास रच्ने नजिक रहेका छन् । बिहीबार लिख्टेन्सटाइनविरुद्ध हुने युरो २०२४ को छनोट खेलमा सहभागी भए उनी पुरुष अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् ।
३८ वर्षीय खेलाडीले विश्वकपमा मोरक्कोविरुद्धको खेलमा कुवेतका फरवार्ड बादेर अल–मुतावाको १९६ खेलको कीर्तिमान बराबरी गरेका थिए । हाल साउदी अरबमा अल–नासरबाट खेलिरहेका रोनाल्डोको नाममा सर्वाधिक अन्तर्राष्ट्रिय गोल (११८) को कीर्तिमान पनि रहेको छ ।
विश्वकपको क्वार्टरफाइनलबाटै पोर्चुगल बाहिरिएपछि रोनाल्डोको अन्तर्राष्ट्रिय करियरको भविष्यको बारेमा आशंका उत्पन्न भएको थियो । तर पोर्चुगलका नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डो अझै पनि टिमको महत्त्वपूर्ण सदस्य रहेको र उनको उमेर आफूले नहेरेको बताए । गत नोभेम्बरमा म्यान्चेस्टर युनाइटेड छाडेयता उनले अल नासरका लागि १० खेलमा ९ गोल गरिसकेका छन् ।
‘रेकर्डहरु मेरो प्रेरणा हो,’ रोनाल्डोले बुधबार भने, ‘म अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्न चाहन्छु । यसको मलाई गर्व रहनेछ ।’
आफ्नो करियरमा रोनाल्डोले सात वटा घरेलु लिग उपाधि, ११ अन्य घरेलु ट्रफी, पाँच च्याम्पियन्स लिग, चार क्लब विश्वकप र एउटा युरो कपको उपाधि जितेका छन् । यसबाहेक उनी पाँचपटकको बालोन डि’ओर विजेता तथा दुईपटकको फिफा वर्ष पुरुष खेलाडी पनि हुन् । गत नोभेम्बरमा उनी शीर्ष तहमा ८ सयभन्दा बढी गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण